दमक १ वडा कार्यालय द्वारा दाेस्राे चरणमा ८ सय ८७ परीवार लाइ राहत बितरण

0
431

दमक, ८ बैशाख / झापाको दमकमा लक डाउन प्रभावित बिपन्नहरुलाइ दमक १ वडा कार्यलयले दाेस्राे चरणकाे राहत सामाग्री बितरण गरि सकेकाे छ ।

दमक १ वडा कार्यालयमा  बसेकाे बैठकमा वडा संमन्वय समितीलाइ वडा कार्यालयले हाल सम्म रहात बितरणमा भएकाे  खर्च र राहत बितरण गरीएकाे परिवार संख्या सार्वजिक गरेकाे छ ।

नगरपालिकाबाट प्राप्त रकममा स्थानीय  ब्यवसायी  सहयोगी दाताहरूले दिएको नगद तथा जिन्सी राहतलाई एकीकृत गरि अत्यावश्यक खाध्य बस्तु  परिवार संख्याकाे आधारमा  वडामा  कोहि भोको नहाेस् भन्ने उधेश्य अनुरूप राहत बितरण गरीएकाे दमक १ का वडा अध्यक्ष  तारा प्रसाद अधिकारीले जानकारी दिए ।

जस अन्तर्गत पहिलाे चरणमा  २ सय ८७ परीवार लाइ राहत प्रदान गरीएकाे थियाे ।

दाेस्राे चरणमा ८ सय ८७ परिवार लाइ  चामल १३ हजार ५ सय ५५ केजी, दाल ८  सय ८७  केजी नुन ८ सय ८७ केजी, तेल ८ सय ८७ केजी र साबुन ८ सय ८७  पिस बितरण गरीएकाे, जसका लागि  ७ लाख ८८ हजार २ सय ४१ रुपैया खर्च भएकाे तर संकलित रकम २ लाख ८६ हजार मात्र रहेकाे छ । जसमा नगरपालिका बाट प्राप्त १ लाख , दमक प्राेपटिज दमक ५० हजार, अल्का पुरी प्राेपटिज दमक २१ हजार, हंसे दुम्से सामुदायीक बन १५ हजार, नेकपा वार्ड कमिटी १ लाख रहेकाे दमक १ का वडा सदस्य  तथा वडा संमन्वय समिती सदस्य सिताराम पाेख्रेलले जानकारी दिए ।

बैठकमा आगामि दिनमा राहत बितरण गर्न थप अनुगमन गर्ने, राहत रकम कसरी संकलन गर्ने लगायतका बिषयमा छलफल गरिएकाे थियाे ।

बैठकमा वडा अध्यक्ष तारा प्रसाद अघिकारी, वडा सदस्य सिताराम पोख्रेल, नेपाली काग्रेस दमक १ सभापति पदम बुढाथोकी, राप्रपा नेपालका अम्मर कुमाल, भृकुटि आधारभुत विध्यालयका लक्ष्मि प्रसाद न्यौपाने, प्रजिता एजुकेशन एकेडेमीका जिबन सिवाकाेटी, नेकपा दमक १ संयोजक पदम साप्कोटा संघिय समाजबादीकी ओम मायाआङ्देम्बे, राप्रपाका अम्मर कुमाल, वडा सचिब अन्जु पाैडेल,  सुरक्षाकर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

 वडा कार्यालयले सहयाेगी दाता हरूलाइ धन्यवाद ब्यक्त गर्दै, वडा भित्र रहेका सहकारी सस्था, विधालय परिवार, सामाजिक संघसस्था तथा इच्छुक व्यक्तिहरु संग सहयोगको अनुरोध समेत गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here