दमक उधोग वाणिज्य संघले दियो ट्राफिकलाई चस्मा उपहार, ब्यवसायी लाई अनावश्यक मुल्य बृद्वी नगर्न अनुरोध

0
755

दमक / दमक उधोग वाणिज्य ट्राफिक प्रहरी लाई चस्मा प्रदान गरेको छ ।

विश्वभर काेलाहल मच्चाउने काेराेना भाइरस राेकथामका लागि झापा दमकमा अाफ्नाे स्वास्थ्यकाे समेत परबाह नराखी दिन रात नभनि खटिएका ट्राफिक प्रहरी आज दमक उधोग वाणिज्य संघका दन्कअध्यक्ष गोकुल श्रेष्ठ सहितको टोलिले १५ थान चस्माबितरण गरेको संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।

संघले अति आवश्यक रहेका व्यावसायी लाई कोरोनाको संक्रमण बाट बच्नको लागि मास्क लगायतका सामाग्री बितरण गर्दै आएको छ ।

सरकारले कोरोना नियन्त्रणको लागि लक डाउन को घोषणा गरेको छ ।यस बिपतको घडीमा अति आवश्यक देखी बाहेकका पसल, उधोग कल कारखाना बन्द गरि दिन समेत यस अधिनै सुचना जारी गरेको छ।

यस बिसम परिस्थितिमा अटेर गरेर ब्यवसाय खोले गरेको र ग्रहाकले मुल्य बृद्वी गरेको गुनासो आएकोले   अनावश्यक मुल्य बृद्वी नगर्न अनुरोध गरेको छ । यदी यस्तो मुल्भ बृद्वी गरेको भेटीए  सम्बन्धित निकायले गरेको कारबाही प्रति ब्यवसायी स्वय जिम्मेवारी हुने वाणिज्य संघले जनाएको छ ।

लक डाउनको समयमा सम्पुर्ण ब्यवसायी तथा नगर बासि लाई घर बाहिर नजान अनुरोध समेत गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here