प्रहरी, स्वास्थ्यकर्मी र ब्यवसायीलाई दमक उधोग वाणिज्य संघले बाढ्यो मास्क

0
446

दमक / दमक उधोग वाणिज्य संघले ब्यावसायी, स्वास्थ्यकर्मी तथा प्रहरीलाई मास्क बितरण गरेको छ ।

विश्वभर काेलाहल मच्चाउने काेराेना भाइरस राेकथामका लागि झापा दमकमा अाफ्नाे स्वास्थ्यकाे समेत परबाह नराखी दिन रात नभनि खटिएका कर्मचारी, सुरक्षाकर्मी,दमक अस्पताल स्वास्थ्यसकर्मी, ट्राफिक प्रहरी र अतिअावश्यकिय दैनिक उपभाेग्य सामान बिक्रेता लाई अाज दमक उधाेग बाणिज्य संघले माक्स, गाेलाेप्स र सेनिटाइजर बितरण गरेको हो ।

संघले आज इलाका ट्राफिक प्रहरी लाई सर्जिकल र ननसर्जिकल गरी २०० मास्क, हात धुने बाल्टी, सेनिटाइजर , त्यसै गरी दमक अस्पतालमा सर्जिकल र ननसर्जिकल गरेर ३०० मास्क, इलाका प्रहरी लाई सर्जिकल र ननसर्जिकल १५०, तरकारी तथा फलफुल ब्यावसायीलाई १५०, ग्यास व्यवसायीलाई १०० पिस मास्क बितरण गरीएको छ । अति आवश्यक रहेका व्यावसायी लाई कोरोनाको संक्रमण बाट बच्नको लागि मास्क लगायतका सामाग्री बितरण गरीएको दमक उध्योग वाणिज्य संघ का अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए ।

सरकारले कोरोना नियन्त्रणको लागि लक डाउन को घोषणा गरेको छ ।यस बिपतको घडीमा अति आवश्यक देखी बाहेकका पसल, उधोग कल कारखाना बन्द गरि दिन समेत यस अधिनै सुचना जारी गरेको छ।

यस बिसम परिस्थितिमा कसैले पनि अटेर गरेर ब्यवसाय खोले सम्बन्धित निकायले कारबाही गरे ब्यवसायी स्वय जिम्मे वारी हुने दमक उधोग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का ले जानकारी दिएका छन् । खड्काले अति आवश्यक रहेका ब्यवसायीलाई पुर्न मास्क बितरण गरीने बताए ।

लक डाउनको समयमा सम्पुर्ण ब्यवसायी तथा नगर बासि लाई बाहिर नजानु हुन अनुरोध समेत गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here