झापामा पनि अत्यावश्यक बाहेक सवै सेवा बन्द गर्न निर्देशन

0
964

१० चैत्र ,झापा/ झापामा पनि आजदेखि अत्यआवश्यक सेवा बन्द गर्न भनिएको छ ।

कोरोना भाइरसको संक्रमण हुन नदिन तथा यस विरुद्ध पुर्व शर्तकता अपनाउनका लागि अत्यआवश्यक बाहेकका सवै सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गरेको छ ।

उता सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ । आईतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दुवै देशतर्फका सीमा नाका सोमबार बिहान दश बजेदेखि लागू हुनेगरी एक हप्तासम्म बन्द गर्ने निर्णय गरेको हो ।

कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले एकतर्फी रुपमा भारतसँगको सीमा नाका बन्द गर्नुपर्ने विचार राखेका थिए । भारतले गएरातिबाट लागू हुनेगरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेलगत्तै नेपालमा हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here