जनप्रतिनिधिले गरीन् जन्मदिनकाे अवसरमा अनाथ बाल वृद्ध आश्रम लाइ सहयाेग

0
630

दमक /  झापा जिल्ला समन्वय समिति झापाकी सदस्य  शुशिला अधिकारीले अनाथ वाल आश्रम लाइ सहयाेग गरेकी छन् ।

अधिकारीले आफ्नो ५१ औ  जन्म दिनको अबसरमा अनाथ बाल वृद्ध आश्रमका बाल-बालिकाकाे लागि खाट, सिरक, डसना, चामल, चिनी,च्यारङ ,दाल तथा फलफूल प्रदान गरेकी हुन् । अधिकारी दमक-९ कि निर्वाचित महिला सदस्य तथा वाल वृद्ध आश्रम दमक-९ को आजिवन सदस्य समेत रहेकी छन् ।

अधिकारीले जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटाएर बाल आश्रमका  बालबालिकाकाे लागि सहज हाेस् । भन्ने हेतुले सहयाेग गरेकाे बताइन । उक्त अवसरमा अनाथ बाल वृद्ध आश्रमकी अध्यक्ष सुमित्रा प्रसाइ, दमक ९ का वडा सदस्य समिन रिजाल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here