नगरकाे सेवा प्रभावकारी बनाउन तालिम

0
596

झापा, १८  फाल्गुन /  दमक नगरपालिकाको मानव शंसाधन क्षमता विकाश सम्वन्धी  दुइ दिने तालिम सम्पन्न भएकाे छ । सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउन सकिन्छ  भन्दै जनप्रतिनधी र कर्मचारीको टोली  शुत्रबार र शनिवार इलामको श्री अन्तु पुगेर मानव शंसाधन  क्षमता विकाश सम्वन्धी तालिममा सहभागि भएका छन् ।

दमक नगरपालिकाले आयोजना गरेको तालिममा सहभागिलाई प्रेरकवक्ता (मोटिभेसनल  स्पिकर) विपि रेग्मिले प्रशिक्षण दिएका थिए । नगरको कार्यलाई कसरी सहज, सरल र रचनात्मक बनाउन सकिन्छ भन्ने मुख्य बिषयमा वक्ता रेग्मिले प्रशिक्षण प्रदान गरेका थिए ।  सफल नेतृत्व र सफल कर्मचारी बन्न सवैभन्दा पहिला स्मार्ट वर्किङ, सकारात्मक भावना, काम प्रति लगाव अति नै आवश्यक पर्ने हुनाले त्यसका लागि पहिला स्वस्थ्य व्यक्ति हुनुपर्ने भन्दै उहाँले प्राकृतिक रुपमा स्वस्थ्य रहने तरिका पनि सिकाएका थिए ।

आफ्नो नगरमा पनि आईरहने यस्ता समस्याहरुलाई सिंगो टिम मिलेर कसरी सामधान गर्न सकिन्छ भनेर प्रमुख ओलीले आफ्नै योजनामा श्रीअन्तुमा मानव शंसाधन क्षमता विकाश सम्वन्धी तालिमको आयोजना गरेका थिए । नगरपालिकामा कामको चाप अलिक कम हुने दिन शुक्रवारको मैका पारेर शनिवार सम्म जनप्रतिनिधी र कर्मचारीलाई अन्तुमा दुई दिने तालिम दिईयो । तालिमको खास झापाकाे कोलाहलमय वातावरण भन्दा फरक अनि नौलो वातावरणमा तालिम केन्द्र तोकिएको थियो ।  उनिहरुले नयाँ ठाउँ हेर्ने मैका पाए, नयाँ स्वाद लिने मैका पनि पाए साथै उनिहरुले दास्रो दिनको विहान झुल्के घामको दृष्य अवलोकन गर्न समेत पाए । त्यसमा तालिम लिने सवैलाई कतिवेला कार्यक्रम सकिन्छ र घर जाउँ ! आफ्नो व्यवसाय सम्हालउ कुनै हतारो थिएन । सिकाएका सवै कुरा सवैले आनन्दले सुने । तालिममा मुख्यत जननिर्वाचित प्रतिनिधीहरुलाई आम मतदाताप्रति कसरी उत्तरदायी हुने ? कसरी सफल नेतृत्व हुने ? विकाशे कार्यलाई कसरी प्रभावकारी रुपमा गति दिने ? यिनै यिनै विषयमा सुझाईयो । कर्मचारीलाई पनि सेवाग्राही प्रती कसरी जिम्मेवार बन्ने ? आफ्नो कार्यकुशलता कसरी बृद्धी गर्ने ? सक्षम कर्मचारी कसरी बन्ने लगायतका बिषयमा राम्रो संग सुझाईयो । वक्ता रेग्मिीले सहभागीहरुलाई विषयबस्तु पढाउदै, सुनाउदै, अभ्यास गराउदै दुई दिनसम्म तालिम  दिए ।

कार्यक्रममा नगरप्रमुख ओलीले आफ्नो प्रयासले मात्र नगरको विकास र समृद्धी सम्भव नहुने हुनाले सिंगो मातहतका जनप्रतिनिधी र कर्मचारीको साथ, सहकार्यता र एकरुपता आवश्यक पर्ने  बताए । नगर प्रमुखको विचार अर्केै, कर्मचारीको कार्यशैली अर्कै, वडाध्यक्षहरुको सोचाई अर्कै भयो भने नगरलाई समृद्धी तर्फ धकेल्न नसकिने भन्दै  नगरलाई विकाश गर्ने कुरोमा सबैको विचार मिल्नुपर्ने, कार्यमा विवेकता(स्मार्टनेस) हुनुपर्ने, लगनशिलता हुनुपर्ने बताए । त्यस्तै उपप्रमुख गिता अधिकारीले तालिममा सिकाईएका कार्यलाई आफ्नो जिवनमा कार्यन्वयन गर्न सके मात्र कार्यक्रमको सार्थकता रहने जनाइन्  । नगरको विकाश र समृद्धीका लागि अव नगरका जनप्रतिनिधी, कर्मचारी सवै एक सोच, एक विचारका साथ लागि पर्नुपर्ने बताउनुभयो । त्यसैगरी नगरका प्रमुख प्रसासकिय अधिकृत गणेश तिमल्सिनाले सवै कर्मचारीले अव आफ्ना कार्यमा विवेकता (स्मार्ट वर्किङ्) लाई अपनाउनुपर्ने बताए।

इलामको श्रीअन्तुमा सम्पन्न सो दुई दिने तालिममा दमक नगरपालिकाका प्रमुख, उपप्रमुख सहित ७ वटा वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, कर्मचारी तर्फ प्रमुख प्रसासकिय अधिकृत सहित साखा अधिकृतहरु, विभिन्न साखाका कर्मचारीहरु गरी ७४ जनाको सहभागिता रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here