याङदेव राई र सुशीला राईले जिते बेलवारी रन उपाधि

0
1011

माेरङ, ११ फागुन । आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ सफल गराउने उद्देश्यमा बेलवारी रन सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बेलवारीको आयोजनामा “आन्तरिक पर्यटनमार्फत संस्कृतिको प्रवर्धन गरौँ, नेपाल भ्रमण वर्ष २०२० लाई सफल पारौँ ” भन्ने मूल नाराको साथ बेलवारी रन सम्पन्न भएको हो ।

बेलवारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बेलबारी वाड नं. १० भाउन्नेबाट सुरु भएको पुरुष दौड तर्फ र उपप्रमुख ढाका कुमारी पराजुलीले सुन्दरहरैचाको, विराटचोकबाट सुरु भएको महिला दौडको उद्घाटन रिबीन काटेर भएको थियो ।

पुरुष दौड प्रतियोगितामा  दमक रनका याङदेव राई प्रथम भएका छन् भने हर्कदीप लगुन दोस्रो र पुजन राई तेस्रो भएका छन् । याङदेवले १७.९ मिनेटमा दौड पुरा गरेर प्रथम भएका हुन भने हर्कदीपले १७.१५ मिनेट र पुजनले १७.३४ मिनेटमा दुरी पार गरेर क्रमशः दोस्रो र तेस्रो भएका हुन ।

महिला तर्फको दौडमा सुशीला राईले १५.६ मिनेट दौड पुरा गरेर प्रथम भएकी छन् भने संगीता तामाङले १५.६ मिनेटमा र भावना श्रेष्ठले १५.३६ मिनेटमा दौड पुरा गरेर क्रमशः दोस्रो र तेस्रो भएकी छन् ।

प्रथम हुनेले नगद पुरस्कार रु.५ हजार, दोस्रोले रु.३ हजार, तेस्रोले रु.२ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरेको थिए । पुरुष दौड तर्फ भाउन्ने चौक देखि फूलबारी पेट्रोलपम्प बेलवारी सम्म रहेको थियो भने महिला तर्फ विराटचौकदेखि फूलबारी पेट्रोलपम्प बेलवारी सम्म रहेको थियो ।

कार्यक्रम स्थलमा प्रतियोगिता सम्पन्न भए पछि आयोजकले फोहोर पनि सफा गरेका थिए । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बेलवारीका अध्यक्ष तिलक प्रसाद राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here