वडा बाल सञ्जाल, दमक ८ को अध्यक्षमा सेलिया श्रेष्ठ

0
728

दमक, ११ फागुन / वडा बाल सञ्जाल, दमक ८ को अध्यक्षमा सेलिया श्रेष्ठ सर्वसम्मतले चयन भएकि छिन् ।

बिहिबारबाट सुरु भएको त्रि दिवसिय क्षमता विकास तालिमको समापन पश्चात शनिबार सञ्चालन भएको साधारण सभाबाट पूर्व कार्यसमिति  सचिव रहेकी सेलिया श्रेष्ठ को अध्यक्षतामा वडा बाल सञ्जालको नयाँ कार्यसमिति चयन भएको हो । त्यस्तै बाल सञ्जालको उपाध्यक्षमा विरेन्द्र शाहा, सचिवमा रुजु दुलाल, सह सचिवमा प्रशंसा खनाल, कोषाध्यक्षमा खुश्वु खातुन चयन भएका छन् । सदस्यहरुमा राम खतिवडा, प्रेनुशा पाण्डे, उज्वल न्यौपाने, श्रेयता रिजाल, वर्षात सिटौला, प्रश्ना शिवाकोटी, खुशी प्रधान, सलिना श्रेष्ठ र अन्जलि मन्डल चयन गरीएकाे छ ।

साधारण सभा वडा बाल सञ्जाल, दमक ८ राम खतिवडाको अध्यक्षतामा भएको थियो । वडा बाल सञ्जालको निर्वाचन समिति‌मा वडा सचिव निधि नारायण ढुङ्गेल महिला तथा बालबालिका अधिकृत सरिता भण्डारी नगर बाल सञ्जाल अध्यक्ष मनिकुमार बुढाथोकीकाे सहभागिता रहेको थियो । कार्यक्रमका अध्यक्ष खतिवडाले कार्यसमितिका तर्फबाट वार्षिक प्रतिवेदन पेश गरेका थिए । यससँगै वडा बाल सञ्जालको आयोजनामा सञ्चालित त्रि-दिवसिय क्षमता विकास तालिम पनि सम्पन्न भएको छ । तालिममा तिन दिनसम्म करिब ६० जना बालबालिकाको सहभागिता रहेको थियो, तालिममा बालबालिकालाई उद्घोषण, क्षमता विकास, बाल क्लव सञ्चालन सम्बन्धी ज्ञान दिईएको वडा बाल सञ्जाल दमक ८ का सदस्य राम खतिवडाले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here