‘आमा’ र ‘सेन्टी भाइरस’ को भिडन्त, कस्ले जित्ला दर्शककाे मन ?

0
536

काठमाडौं, ९  फाल्गुन  / आज हलमा दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ को भिडन्त हुने भएको छ ।

चलचित्र ‘आमा’ लाई दीपेन्द्र के खनालले निर्देशन, लेखन र छायांकन गरेका हुन् । चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन् । हस्पिटल ड्रामा ‘आमा’ लाई दर्शक तथा चलचित्र समीक्षक दुवैले मन पराउनेमा निर्देशक खनाल विश्वस्त छन् ।

यस्तै धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ पनि आजदेखि नै रिलिज हुने भएको छ । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रले राजनीतिक र सामाजिक विषय उठान गरेको छ । हास्यव्यङग्यमा आधारित चलचित्रमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, बुद्दि तामाङ लगायतका कलाकार मुख्य भूमिकामा छन् ।

‘सेन्टी भाइरस’ दमककाे पाथिभरा चलचित्र मन्दिर लगायत पुर्वका धेरै हलमा प्रर्दशन हुने बताइएकाे छ । मल्टिप्लेक्स हलको सबैभन्दा ठूलो चेन क्युजएफ्एक्समा ‘आमा’ले भन्दा ‘सेन्टी भाइरस’ले बढी शो पाएको छ ।धुर्मुस सन्तलीको ‘सेन्टी भाइरस’ले क्युजएफ्एक्समा ५० शो पाउदा ‘आमा’ले २२ शो पाएको  जनाइएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here