दमकमा छैठौँ फुड फेस्टिबल सुरू

0
477

दमक/दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले छैठौँ दमक फुड फेस्टिबलको उद्घाटन गरेका छन् । दमक ६ स्थित बसपार्कमा बुधबार एक कार्यक्रमका बिच ओलीले बेलुन उडाएर फेस्टिबलको उद्घाटन गरेका हुन् ।

सो फेस्टिबल होटल ब्यवसायी संघ दमकको आयोजनामा शुरु भएको हो । फेस्टिबल फागुन ११ गतेसम्म चल्नेछ । फेस्टिबलको उद्घाटन गदै मेयर ओलीले यो फुड फेस्टिबलबाट दमकले धेरै फाइदा लिन सक्ने बताए । तर खानाका प्रकार तयार गर्दा बिशेष ध्यान दिन उनले आग्रह गरे ।

खानामा गुणस्तर कायम गर्नुपर्ने भन्दै बिषादी मिसावट कम गदै अग्र्यानिक र स्थानिय जातजातिका खानामा जोड दिनुपर्ने बताए । यस फुड फेस्टिबलले नेपाल भ्रमण बर्ष २०२० लाई समेत सहयोग गर्ने धारण राखे । कार्यक्रममा बोल्दै उपमेयर गीता अधिकारीले खानामा सरसफाई आवश्यक भएको र नागरिकको स्वास्थ्यमा ध्यान दिन सुझाव दिइन् ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले दमकमा यस्ता विभिन्न महोत्सव आयोजन गर्न उचित ठाउँको अभाव भएको र निश्चित ठाउँ तोकि दिन नगरपालिकालाई आग्रह गरे । होटल ब्यवसायी संघ दमकका अध्यक्ष राजन दंगालले आन्तरीक तथा बाह्य पर्यटक भित्याउने उद्धेश्यले सो फेष्टिवलको आयोजन गरेको बताए । एक पटक अनिवार्य फेस्टिबलको अवलोकन गरी सहयोग गरिदिन उनले आग्रह गरे ।

सो फुड फेस्टिबलको करिब ५० हजार जनाले अवलोकन गर्ने र निशुल्क अवलोकनको ब्यवस्था गरिएको बताइएको छ । फेस्टिवल अवधीभर पाहुनाहरुलाई दमकका जुनसुकै होटलहरुमा २५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।

फेस्टिवलमा ५० वटा स्टलहरु रहेको आयोजकले बताएको छ । सो स्टलहरुमा विभिन्न जातजातीै राइर्, लिम्ब,ू धिमाल ,नेवार ,तामाङ, कुमाल ,माझी ,गुरुङ आदी जनजातीका परिकारसहित दमकका होटलहरुका आ आफ्नै पंहिचान सहितका परिकार पाइनेछ ।

यस्तै स्थानिय स्तरमा उत्पादन भएका कृषि तथा घरेलु उत्पादनका सामाग्रीहरुको प्रदर्शन हुने बताइएको छ । यस्तै सो अवधीभर विभिन्न जातजातीका भेषभुषा ,साँस्कृतिक कार्यक्रमका साथै प्रत्येक दिन स्थानिय कलाकारको प्रस्तुती रहने आयोजक होटल ब्यवसायी संघ छैठौँ दमक फुड फेस्टिवल मुल आयोजक समितीका संयोजक सुधिर प्रधानले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here