गाैरीगंजकाे प्रार्थना हाेटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी, जलेर पुरै होटल नस्ट

0
324

गौरीगञ्ज, माघ २९ । ग्याँस सिलिन्डरको रेगुलेटर लिक भई गौरीगञ्जको एक होटलमा बुधवार साँझ आगलागि भएको छ । ईलाका प्रसासन कार्यालय को छेवै मा रहेको प्रार्थना होटलमा आगलागि भएको हो । आगलागि बाट पुरै होटल जलेर नस्ट भएको छ । साँझ ग्राहकको लागि खाना पकाउने क्रममा चुल्हो बाल्न खोज्दा रेगुलेटर एक्कासी उछिट्टिएर आगोले छानोमा भेटेको कुरा होटल सँचालन दुर्लभमान श्रेष्ठले जनाएका छन् ।

छानामा लागेको आगो नियन्त्रण गर्न नसकेर आगोको रापले सिलिन्डर पड्किदा पुरै होटल भरि आगो फैलिएको स्थानिय हरुले बताएका छन् । यद्यपी आगोले कुनै मानबिय क्षति नभएको कुरा ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

स्थानियहरु र गौरादह बाट आएको बारुण यन्त्रको मद्दतले आगो नियन्त्रणमा लिइएको थियो । होटलको छेबैको बिल्डिङ मा नेपाल बैँक लिमिटेड, ईलाका प्रसासन कार्यालय , एनएमसी सहकारी , सहारा नेपाल सहकारी, जनसेवा सहकारी लगायत आधा दर्जन कार्यालय सञ्चालनमा रहेका छन् ।

आगलागिबाट दुईवटा फ्रिज सहित होटलका सँपुर्ण सामान र घर लगायत करिब १२ लाखको क्षति भएको कुरा सञ्चालक श्रेष्ठले जनाएका छन्

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here