दमक ३ वडा कार्यलयले गर्यो लागुऔषध विरुद्ध सचेतना कार्यक्रम

0
716

दमक / दमक–३ मा बिहिबार लागुऔषध विरुद्ध विद्यार्थीहरुलाई प्रशिक्षण दिईएको छ । वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा ढुकुरपानी माविका विद्यार्थीहरुलाई लक्षित गरि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको उद्घाटन कार्यक्रममा कार्यक्रमका सभापति समेत रहेका वडाध्यक्ष नविन बरालले वडाका सवै विद्यालयमा विद्यार्थीहरुलाई लागुऔषध विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले किशोरावस्थामा विद्यार्थीहरु लागुऔषधको कुलतमा पर्न सक्ने भएकाले उनीहरुलाई यसबारेमा जानकारी गराउन आवश्यक रहेको बताएका थिए । ७० भन्दा बढि विद्यार्थी सहभागी कार्यक्रममा ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक बिजयाज पण्डित तथा हेप्पि नेपालका ड्रप ईन सेन्टरका ईन्चार्ज जीवन नेपालीले प्रशिक्षण दिएका थिए ।

​कार्यक्रममा ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक बिजयाज पण्डितको प्रमुख आतिथ्यता थियो । प्रशिक्षणका क्रममा पण्डितले लागुऔषधको प्रयोग र कारोवार समाजको चुनौतीका रुपमा देखिएकाले यसको नियन्त्रणमा सवै क्षेत्र क्रियाशिल हुन आवश्यक रहेको बताएका थिए । उनले लागुऔषधका असर, प्रभाव, नियन्त्रणका लागि कानूनी व्यवस्था लगायतका बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा हेप्पि नेपालका महासचिव सुरेन्द्र श्रेष्ठ, विद्यालयका सहायक प्रअ रघुनाथ भण्डारी, कार्यपालिका सदस्य खड्गबहादुर धिमाल, वडा सदस्यहरु लगायतका आतिथ्यता रहेको थियो ।

यस प्रकारको कार्यक्रम वडाका अन्य विद्यालयहरुमा पनि सञ्चालन गरिने वडा सचिव सन्दिप सुवेदीले जानकारी दिए । वडा कार्यालयको आयोजना तथा ईलाका प्रहरी कार्यालय दमक, सामुदायीक प्रहरी साझेदारी कार्यक्रमको सहयोग र मदानी मिडीयाको संयोजनमा कार्यक्रम भएको हो । कार्यक्रम संयोजक विष्णु पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here