सुनचाँदी ब्याबसायी संघ शिबसताक्षी शाखा द्वारा अशक्त समाजलाई खाद्यन्य सहयोग

0
550

दमक । नेपाल सुनचाँदी ब्याबसायी संघ शिबसताक्षी शाखा झापाले मंगलबार कन्काई नगरपालीका ४ मा रहेको पुकार अपाङग, अशक्त समाजालाई खद्यन्य सामग्री प्रदान गरेको छ ।

सुनचाँदी ब्यबसायी संघ शिबसताक्षी शाखाले नगरमा ब्यबसाय गर्दै आएका शाखामा आबद्ध ब्यबसायीहरु मार्फत संकलन गरि समाजलाई खाद्यन्य तथा लत्ताकपडा प्रदान गरेको संघका सचिब हरिशंकर सिलवालले बताए । समाजमा हाल फरक क्षमता भएका प्रदेश १का बिभिन्न जिल्लाका ८ बर्ष देखि २६ बर्ष सम्मका आश्रीत रहेको संचालीका निर्माला ओझाले बताइन ।

सुनचाँदी ब्यबसाय संबेधनशिल र मर्यादित ब्यबसाय भएकोले ब्यबसायीहरु मुनाफा तर्फ मात्र केन्द्रित नभई सामाजिक उत्तरदायित्व पनि बहन गर्दै यस्ता सहयोग कार्यलाई निरन्तरता दिनुपर्ने नेपाल सुनचाँदी ब्याबसायी संघ झापाका प्रबक्ता मोहन सिनच्युरीले बताए । सो अवसरमा संघले चामल, दाल, तेल, नुन, चिनी ,ब्लाङकेट लगयतका सामग्री समाजलाई प्रदान गरेको संघका अध्यक्ष टेकबहादुर सिनच्युरीले बजानकारी दिए ।
२०७२ सालमा कन्काइ नगरपालीका ३ मा स्थापना गरि संचालन गर्दै आएको भए पनि गत भदौ देखि ४ नम्बर वडामा स्थानतरण गरेको जनाइएको छ । नगरबटा २ कट्ठा जमिन उपलब्द्ध भए पछि एन एमबी बैक सुरुङ्गा शाखाको आर्थिक सहयोगमा टिनको छानो भएको घर निर्माण गरि असाहायलाई साहारा दिदै आएको संचालीका ओझाले बताइन । समाजमा आफनो आय आर्जनको श्रोत नभएकोले बिभिन्न सहयोगी हातहरुबाट पाएको सहयोगले नै पुकार अपाङग, अशक्त समाजले गुजरा चलाउदै आएको अवस्थामा सुनचाँदी ब्याबसायी संघ शिबसताक्षी शाखाले प्रदान गरेको खद्यन्य सहयोगले ठुलो राहत पुग्ने संचालीका ओझाले बताइन । खाद्यन्य बितरण कार्यक्रममा संघका पदाधिकारीहरुको उपस्थीति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here