वाह वडा अध्यक्ष हुन् त यस्ताे, आफ्नाे जन्मदिनमा दिए वडाबासी लाइ यस्ताे उपहार

0
651

दमक, पौष २४ इलामको चुलाचुली गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष रन बहादुर लिम्बुले जन्मदिनको अवरमा जेष्ठ नागरीक र बिध्यालय लाइ सहयोग गरेका छन् ।

बिहिबार गाउँपालिकामा एक कार्यक्रम गरी वडा अध्यक्ष रन बहादुर लिम्बुले आफ्नो ५० औ जन्मदिनको अवसरमा आफुले पाएको सेवा, सुबिधाको रकम कटाएर वार्डमा बिशेष कारण बाट राज्यको सेवा सुबिधा बाट बन्चित भएका बिपन्न परीवारका जेष्ठ नागरीक ८ जना भक्त बा. तामाङ्ग, बुद्धमाया केरुङ्ग, दिलरुपा सुब्बा, सशिकला मगर, आइत बा. लिम्बु, एक्ले कुमाल, इन्दु कुमारी तामाङ्ग लाइ एक एक थान ब्लाङ्केट र म्याट साथै वडा भित्र संचालनमा पन्चकन्या आधारभुत बिध्यालय लाइ निर्माणाधिन भवनको लागि सहयोग रकम १ लाख १२ हजार रुपैया बिध्यालयमा प्रधान अध्यापक सुरेन्द्र वट्वाल लाइ हस्तान्त्रण गरेका छन् ।

जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई बचाएर आफु सामाजिक क्षेत्रमा कामगर्न जनप्रतिनिधी भएर आएकोले आफुले पाएको सेवा सुबिधा बाट कटाएर समाजमा केही गर्नु पर्छ भन्ने उद्देश्यले सहयोग गरेको वडा अध्यक्ष रन बहादुर लिम्बुले बताए

जन्मदिको शुभकामना दिदै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राइले वडा अध्यक्षले गरेको कामको प्रशंशा गर्दै यसप्रकारको कामले समाजमा सकारात्मक सन्देश दिने बताए । गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला दाहाल, वडा नम्बर ३ का अध्यक्ष नरेन्द्र लावती, वडा नम्बर ५ का अध्यक्ष चन्द्र थापा, चुलाचुली नेकपा अध्यक्ष शुक्र लावती, नेकपा इन्चार्ज ओम खनाल, स्थानिय समाजसेवी संजय राइ गाउँपालिकाका कर्मचारी लगायत को उपस्थिती रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here