दमक दुर्घटना मृतकको परिचय खुल्यो

0
6510

दमक, पाैष २०/ पूर्वपश्चिम राजमार्गमा पर्ने झापाको दमकमा गएराती सडक दुर्घटना भएको छ ।

दमकस्थित क्याम्पसमोडमा भएको सो दुर्घटनामा २ जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य ३ जना घाइते भएको बताइएको छ । शनिबार राति सवाँ ९ बजे भएका सो दुर्घटनामा मृत्यु हुनेमा दमक ९ का हरी भुजेल र सोही ठाउँका सुरज शाह रहेका छन् मालवाहक ट्रकले टेम्पोलाई ठक्कर दिदा सो दुर्घटना भएको बताइएको छ ।

पुर्वबाट पश्चिम तिर आउँदै गरेको बिआर ०१ जिएस ८७८८ नम्बरको भारतीय मालबहाक ट्रकले पश्चिम बाट पुर्व तर्फ जाँदै गरेको मे१ह ४९१९ नम्बरको टेम्पोलाई ठक्कर दिदा उनिहरुको ज्यान गएको इलाका प्रहरी कार्यलय दमकका प्रमसख बिजयराज पण्डितले बताए ।

अन्य ३ जना घाइतको लाईफलाइन अस्पताल दमकमा उपचार भईरहेको छ । ट्रकका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको पडिण्तले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here