एड्भान्स अस्पतालले गर्याे एड्भान्स स्वास्थ्य शिबिर

0
453

दमक / झापाको दमकमा रहेको एड्भान्स अस्पतालले शनिबार झापाको गौरादह नगरपालीका वडा नम्बर ७ स्थित ग्वालडुब्बामा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ ।

वडा कार्यालय र अस्पतालको संयुक्त आयोजना भएको शिबिरमा ३ सय जना बिरामीको स्वास्थय परिक्षण भएको छ । वडाध्यक्ष बलराम खरेलको अध्यक्षता र गौरादह नगर स्वाथ्य प्रमुख शालिग्राम भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

अस्पताल सम्म पहुँच नभएका ग्रामीण क्षेत्रका नागरिकहरुलाई घर दैलोमै पुगेर बिषेशज्ञ स्तरको सेवा प्रदान गरिएको शिबिरले धेरै राहात पुगेको स्थानीयको भनाई छ । २०७३ बाट संचालनमा आएको एडभान्स अस्पतालले धेरैको मन जत्न सफल भइरहेकोले अस्पताल सम्म पहुच नभएका बिरामीलाई स्थानीय स्तरबाट सेवा दिदै सामाजिक सेवाको काम अन्तर्गत शिबिरको आयोजना गरिएको अस्पतालका सञ्चालक चैतन्य बरालले बताए ।

शिबिरमा डाक्टर रविनरत्न रञ्जितकार, डाक्टर अनिल थापा, डाक्टर निमा शेर्पा, डाक्टर अनुप पोखरेल लगायतको टिमले स्वास्थ्य परिक्षण गरेको थियो । जाँच गराउन आउने अधिकांशमा दाँत र छालाको समस्या देखिएको चिकित्सकहले बताएका छन् । स्वास्थ्य शिबिरमा बिरमीहरु लाई आवस्यक औषधि समेत निशुल्क वितरण गरिएको कार्यक्रम सम्योजक तथा हिमशिखर टेलीभिजनका समचार प्रमुख सुदिप अधिकारीले जनकारी दिए ।

त्यसै गरि आजै शिबसताक्षीको दुधेमा आयोजित निःशुल्क स्वास्थ्य शिबिरमा १सय ६५ जानाले स्वस्थ्य लाभ लिएका छन । स्थानीय सेवारो साकोसले आफ्नो १३औ स्थापना दिवसको अवसरमा आफ्ना सेयर सदस्य तथा स्थानीयबासीलाई लक्षीत गरेर आयोजना गरेको आँखा र कान सम्बन्धी निःशुल्क शिबिरमा ४५ जनाले कान तथा १ सय १५ जनाले आँखा परिक्षण गराएको साकोसका ब्यबस्थापक सुजन राईले बताए ।

शिबिर मेची दृष्टी आँखा अस्पताल तथा रिसर्ज सेन्टर बिर्तामोडको प्राबिधिक सहयोगमा भएकोे थियो । सो अवसरमा १४ जनाको मोतिया बिन्दु भएको र ३० जनाको चस्मा लगाउनु परेको चिकित्सकहरुले बताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here