सरकारी जग्गा किर्ते बारे दमकमा थप रहस्य खुल्दै, गागन माथि थपियाे स्थानियकाे आरोप

0
3629

दमक /  वडा नम्बर ८ बालुवाटारमा सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा पार्न खोजेको आरोप लागेका नेकपा नेता गगन पुरीले आफुहरुको समेत जग्गा कब्जा गरेको भन्दै पिडितहरुले आज दमकमा पत्रकार सम्मेलन गरेका छन् ।

दमक ८ स्थित बालुवाटारमा बिगतमा आफुहरुको घर रहेको र भोगचलन गरिआएको जग्गामा खोलो पसेपछि बिस्थापित हुनुपरेको तर अहिले खोलाले छाडेपछि नेकपा नेता पुरीले सो जग्गा आफुहरुलाई भोग चलन गर्न नदिई केहि आपैंले राखेको र केहि अन्य व्यक्तिहरुलाई बिक्रि गरेको पिडितहरुले आरोप लगाएका छन् ।

पिडित सञ्जिव मगरले सो ठाउँमा आफ्नी आमा बिष्णु मायाँ मगरको नाउँमा फिल्डबुक कायम रहेको ३ कठ्ठा १९ धुर जग्गा मालपोत र नापि कार्यालयको मिलेमतोमा नेपा पुरीले कतिपय परिवारको नाउँमा राखेको र कतिपय बिक्रि गरिसकेको बताउनु भयो । पुरी संग पटक पटक कुरा राख्दा त्यो जग्गा आफुले खरिद गरेको जवाफ पाएको उहाँले बताउनु भयो । त्यसैगरी अर्का पिडित मोहन लिम्बुले पनि आफुहरुको जग्गा पुरीले कब्जा गरेकोले अहिले सुकुम्बासी बनेको गुनासो गर्नु भयो । अर्का पिडित खगेन्द्र भुजेलले आफ्ना बुबा ताराबहादुर भुजेको नाउँमा रहेको ४ कठ्ठा जग्गा पुरीले कब्जा गरेको बताउनु भयो ।

सो बिषयमा पुरी संग कुरा राख्दा पुरानु कुरा सकियो १ लाख रुपैयाँ दिउँला चित्त बुझाउनु भन्ने जवाफ पाएको उहाँले गुनासो गर्नु भयो । पिडित भुजेलले सो ठाउँमा ८३ परिवारको जग्गा पुरीले कब्जा गरेको बताउनु भयो ।पिडितहरुले आफ्नाे जग्गा अर्कैले बनाएको बिषयमा लामो समय देखी पहल गर्दा पनि नपाएको तर अहिले भने जग्गा आउने आश लागेको बताएका छन् । आफुहरुको पुराना कागजात हेरेर सोहि आधारमा जग्गा फिर्ता पाउनु पर्ने उनिहरुले माग समेत गरेका छन् ।

यता यही समुहले स्थानीय तहको निर्वाचनको समयमा त्यहाँको जग्गाको बिषयमा कुरा उठाएकाे थियाे तर त्याे बेला  चुनावी प्रोपोगण्डा भनिएको थियाे। चुनाव पछि त्याे कुरा त्यतिकै अाेझेलमा परेकाे थियाे ।  यता  जिल्ला अदालत झापाले सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको आपरोपमा पुरीलाई मंसिर १९ गते पक्राउ पुर्जी जारी गरे पनि पुरी  अाज सम्म पक्राउ पर्न सकेका छैनन् । फरार पुरी भने सामाजिक सञ्जालबाट निरन्तर आफू फरार नभए र निर्दोष रहेको दाबी गर्दै सम्मनित   अदालत सामु  समयमनाै उपस्थित हुने बताउदै अाएका छन् ।

यसैबीच यता झापा दमकमा सरकारी जग्गाहरु ब्याक्तिको नाममा पारेको बिषयमा खोजतलास र अनुसन्धान गर्न सिआइबिको बिशेष प्रहरी टोली दमक आएको बताईएको छ । सरकारी जग्गा ब्याक्तिको नाममा पार्नका लागि दमकमा आफुलाइ भिआइपि बताउनेहरु नै लागि परेको बताइदै आएको छ । खोल्साखोल्सि र खोला छेउमा जग्गा किनेर मिचेर १० बर्षयता अकुत सम्पती जोड्नेहरु दमकमा उल्लेख्य रुपमा रहेका छन् । उनीहरुको बिषयमा अनुसन्धान हुनु पर्ने माग उठेको छ । ऐलानी जग्गा भएको ठाँउमा ठुला योजना ल्याउने र त्यहाँ जग्गाको भाउ बढाएर करोडौ कमाउने कार्यमा समेत मन्त्रिसम्मको संलग्न रहेको हल्ला चल्न थालेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here