मिक्लाजुंग देखि रवि जोड्ने सडक कालोपत्रे हुदै

0
998

दमक / मोरङको मिक्लाजुंगबाट पाँचथरको रवि जोड्ने सडक कालोपत्रे हुने भएको छ ।  किसान चोक, टाँडी आइतबारे हुँदै रविसम्म पुग्ने सडक कालोपत्रे गर्ने कार्यको आज प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले शिलान्यास गर्नुभएको छ ।

करिब ५८ करोड ५६ लाख ६८ हजारको लागतमा बन्ने पहिलो खण्ड सडकको कालोपत्रे गरिने बताइएको छ । मन्त्री आङबोले सरकार शिलान्यास मात्रै गर्दै हिँड्छ भन्ने गुनासो आउने गरेको चर्चा गर्दै शिलान्यास नभई उद्धघाटन नहुँने बताउनुभयो । ‘पहिलो वर्ष आधार वर्ष भएकाले शिलान्यास मात्रै हुन्छ, तर, तेस्रो वर्ष देखी नतिजा देखिनेगरी उद्धघाटनको वर्ष हुनेछ,’ उहाँले भन्नुभयो । आम प्रदेशबासीलाई उहाले नतिजा देखिने कुरमा ढुक्क हुन आग्रह समेत गर्नुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here