गौरादह प्याब्सनको सास्कृतिक कार्यक्रम सम्पन्न

0
484

गौरादह / निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन झापाको बार्षिक कार्यक्रम अन्तरगत प्याब्सन गौरादह नगर समितिले दुई दिवसीय नगर स्तरिय गायन तथा नृत्य प्रतियोगिता सनिवार सम्पन्न भएको छ।

गौरादह–१ मा रहेको गोल्डेन सनराइज सेकेण्डरी स्कुल को व्यावस्थापनमा कार्यक्रम भएको स्कुलका निर्देशक गणेश श्रेष्ठले जानकारी दिए । पहिलो दिन प्रा.वि तर्फ आधुनिक नृत्य र नि.मा.वि तर्फ राष्ट्रिय नृत्य प्रतियोगिता गरिएको थियो भने दोस्रो दिन सास्कृतिक तथा लोक नित्य र जुनियर र सिनियर गायन प्रतियोगिता गरिएको छ।

कार्यक्रमको उद्घाटन संविधानसभा सदस्य दिपक कार्कीले गरेका थिए। कार्यक्रममा बोल्दै कार्कीले सानासाना नानीमा लुकेका प्रतिभालाई यस्था कार्यक्रमले बाहिर ल्याउने बताउदै गौरादहमा मात्र नभई गौरादहको नाम नेपाल भर फैलाउन यस्था कार्यक्रम ले मदत गर्ने बताए । कार्यक्रम मा गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारी वडा नम्बर ७ का अध्यक्ष बलराम खरेल प्याब्सन झापाका निबर्तमान उपाध्यक्ष श्रवण पोखरेल लगायत को उपस्थिति रहेको थियो।

भने कार्यक्रमको समापन गौरादहका नगर प्रमुख रोहित कुमार साहले गरेका थिए ।समापन कार्यक्रममा प्याब्सन झापा अध्यक्ष एल पि उप्रेती , सचिव जनार्दन ढकाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मा विभिन्न बिधामा विभिन्न बिद्यालय बिजेता भएका छन। जस अन्तरगत सास्कृतिक तथा लोक नित्य प्रतियोगितामा पुन गोल्डेन सनराईज प्रथम भएको छ। भने माउन्ट एभरेस्ट मावि र बैगुनधुरा मावि क्रमस दुतिय र त्रितिय भएका छन त्यस्तै जुनियर गायन तर्फ पनि गोल्डेन सनराइज मावि प्रथम भएको छ भने माउन्ट एभरेस्ट मावि दुतिय र बैगुनधुरा मावि त्रितिय भएको छ।

उता सिनियर गायन तर्फ भने माउन्ट एभरेस्ट मावि प्रथम भएको छ भने गोल्डेन सनराइज मावि र बैगुनधुरा मावि दितिय र नमुना मावि त्रितिय भएका छन भने शुक्रबार भएको मावि तहको आधुनिक नित्य तर्फ बैगुनधुरा मावि प्रथम ज्ञानज्योति मावि दितिय र माउन्ट एभरेस्ट मावि त्रितिय भए भने निमावि राष्ट्रिय नित्य तर्फ माउन्ट एभरेस्ट मावि,ज्ञानज्योति मावि,र इमेनेन्ट कञ्चनजंघा मावि क्रमस प्रथम दितिय र त्रितिय भएका थिए।प्याब्सन नगर अध्यक्ष भवानी पाठकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गंगाराम दुलालले गरेको पुर्व बिद्यार्थी समाज गोल्डेन सनराइजका संयोजक निगेश श्रेष्ठले जानकारी दिए

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here