रोटरी क्लब दमकले मनायाे फरक सन्देशका साथ आफ्नाे स्थापना दिवस

0
345

दमक / रोटरी क्लब अफ दमकले फरक सन्देशका साथ  आफ्नाे नवौं  स्थापना दिवस मनाएकाे छ ।

झापाकाे दमकमा आफ्नो नवौं स्थापना दिवस तथा लैंगिक हिंसा विरुद्धको  १६ दिने अभियान समेतको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा हामीले निभाउने भन्दा बाल्ने र काट्नेमा भन्दा जाेड्ने गर्नु पर्छ भन्ने भनाइलाइ अात्म साथ गर्दै  याे वर्ष देखि नया  परम्पराकाे बिकास  गरेकाे छ ।  कार्यक्रमकाे प्रमुख अतिथि नगरपालिकाकी उपप्रमुख गीता अधिकारी  दिप प्रज्वलन  गरी उत्घाटन गर्नु भएकाे थियाे ।

रोटरी क्लअ अफ दमकका अध्यक्ष सन्दिप चापागाइँ ( दिपु)को अध्यक्षतामा दमक चौकमा भएको रक्तदान कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितको विशेष आतिथ्य रहेको थियो । क्लबका सदस्य  भेनस श्रेष्ठको संयोजकत्व र नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्तसञ्चार शाखाको प्राविधिक सहयोगमा भएको रक्तदानमा सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको क्लबका अध्यक्ष चापागाइँले जानकारी दिनु भयो ।

 रोटरी क्लबका पदाधिकारी , पूर्व पदाधिकारीहरु एवम सदस्यहरुसहित इच्छुक स्वयंसेवी रक्तदाताहरुले रगत दान गरेका थिए । रोटरी क्लब अफ दमकका सचिव झलराज गौतम ( राजु) का अनुसार सो अवसरमा कूल ५१ पिन्ट रगत संकलन भएको  थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here