लायन्स क्लब अफ दमक इष्टर्न लायनले गर्यो, ४ वटा सामुदायिक विद्यालयमा निशुल्क मधुमेह परीक्षण

0
559

दमक/ झापाको दमकमा रहेको लायन्स क्लब अफ दमक इष्टर्न लायनले आज विश्व मधुमेह दिवसको अवसर पारेर दमकका ४ वटा सामुदायिक विद्यालयमा निशुल्क मधुमेह परीक्षण गर्नुका साथै स्वास्थ्य चेतना कार्यक्रम गरेको छ ।

क्लबले दमकमा रहेका सामुदायीक बिध्यालयहरु सरस्वती मावि, ढुकुरपानी मावि, हिमालय मावि र पाणिनी माविमा कार्यक्रम सम्पन्न गरेको छ ।

सो क्रममा कूल १ सय ७८ जनाको मधुमेह परीक्षण गरिएकोमा १० जना मधुमेहका ग्रसित भेटीएको क्लबका अध्यक्ष तुलसीराम तिम्सीनाले जानकारी दिए ।

लायन्स क्लबका एरिया को अर्डिनेटर प्रहर क्षेत्रीको प्रमुख उपस्थिती रहेको कार्यक्रमको संयोजक गंगा देव चौधरी रहेका थिए । क्लबले शिक्षा, स्वास्थ्य, आवास, खाधान्न बितरण जस्ता कार्य गर्दै आएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here