गौरीफन्टा नाकामा लुटिएका दुई मजदुर बेहोस, प्रहरीले गर्याे उद्दार

0
419

कैलाली / कैलालीको गौरीफन्टा नाकामा लुटिएका दुई मजदुर बेहोस अवस्थामा भेटिए गौरीफन्टा नाकामा बेहोस अवस्थामा भेटिएका दुईजना मजदुरको प्रहरीले उद्दार गरेको छ।

भारतमा मजदुरी गरी घर फर्किरहेका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ ओलानीका ३८ वर्षीय नवराज जोशी र घोडाघोडी नगरपालिका वडा नम्बर ७ लालपुरका ३५ वर्षीया गोपाल भाटको उद्दार गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले उनीहरु दुवैजनालाई गौरीफन्टा नाकाबाट उद्दार गरिएको जानकारी दिए। जोशीको प्रहरीले र भाटलाई आफन्तले उद्दार गरेको हो। उनीहरु दुवैजना सेती प्रादेशिक अस्पतालमा उपचार गराएर घर फर्किसकेको प्रहरी नायब उपरिक्षक बस्नेतले जानकारी दिए। उनका अनुसार एकजनाले संगै रहेका साथीले दिएको बिस्कुट र अर्कोले चिसो पेय पदार्थ खाएको बताएका छन्। उनीहरुको साथमा भएको समान भने लुटिएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here