दमक जेसीज सप्ताह २०१९ सम्पन्न ( फाेटाेमा हेर्नुहाेस् )

0
434

दमक, २५ कार्तिक / दमक जेसीजले आफ्नो प्रमुख चाडको रुपमा मनाउँदै आएको जेसीज सप्ताह २०१९ अाइतबार सम्पन्न भएकाे छ ।

समुदायसम्म आफनो पहुँच बृद्धि गर्न जेसीजले बार्षिक कार्यक्रम गर्दै अाकएकाे र यस वर्ष  पनि यस  कार्यलाइ निरन्तरता दिएकाे वर्ष २०१९ का अध्यक्ष भिमराज चम्लागाइले जनाकारी दिए । कार्तिक २२ गते देखि सुरू भएकाे सप्ताह कार्यक्रममा साइकल यात्रा,मैत्रीपुर्ण फुटसल,ट्राफिक सचेतना,जेसीज वेष्ट स्पिकरका कार्यक्रमहरू अायाेजना गरिएकाे थियाे ।

जस अन्तरगर्त २२ गते भएकाे उत्घाटन कार्यक्रम बिहान ७ बजे दमक देखि बेलडागी सम्म साइकल यात्रा रहेकाे थियाे । जसकाे संयाेजक जेसी भुपेन्द्र काेइराला रहेका थिए वातावरण लाइ सफा राख्न तथा दमककाे पर्यटकिय क्षेत्रकाे पर्वदन गर्ने उधेश्यले दमककाे जेसीज चाैक देखी दमक २ बेलडागि स्थित माङ्गहिम गुम्बामा संविधान सभा सदस्य माननिय संसाद महेन्द्रकुमारी लिम्बु प्रमुख अतिथ्यमा जेसीज सप्ताह २०१९ काे उत्घाटन गरीएकाे थिथाे । त्यस्तै साेही दिन ४ बजे मैत्रीपुर्ण फुटसल दमक ९ स्थित रणभुमी फुटसल मैदानमा जेसीज पुर्व अध्यक्ष तथा पुर्वसन्देश दैनिकका प्रकासक सम्पादक गंज बहादुर दाहालकाे प्रमुख अतिथ्यमा दमक उधाेग वाणिज्य संघ र पत्रकार मन्च दमक बिच भएकाे फुटसफ खेलमा पत्रकार मन्च दमक बिजयी भयाे उक्त कार्यक्रमकाे संयाेजक जेसी संदिप बस्नेत रहेका थिए ।

दाेस्राे दिन २३ गतेकाे कार्यक्रम अन्तरगर्त  ट्राफिक सचेतना कार्यक्रम रहेकाे थियाे  । दमक बस पार्कमा इलाका प्रहरी कार्यलयका प्रहरी प्रमुख डि.एस.पि बिजय पण्डीतकाे प्रमुख अतिथ्यमा भएकाे  कार्यक्रममा ५० बढी सवारी चालकहरूकाे उपस्थिती रहेकाे  कार्यक्रमका संयाेजक जेसी विश्वास कास्यबले जानकारी दिए ।  

दाेस्राे दिनकाे दाेस्राे कार्यक्रम ४ बजे असल अभिभावक्त्व सम्वन्धि तालिम दमक नगरपालिकाका प्रमुख राेमनाथ अाेली काे प्रमुख अाितथ्यमा हाेटल कात्यानी इनमा सम्पन्न भएकाे थियाे। उक्त तालिमकाे संचालन जेसी राजा बाबु साहले गरेका थिए । तालिममा सय बढी काे उपस्थिती रहेकाे संयाेजक जेसी रमेश लुइटेलले प्रदेश अावाज लाइ बताए ।

तेस्राे दिनकाे पहिलाे कार्यक्रम ११ बजे दमक जेसीज वेष्ट स्पिकर हाेटल कात्यानी इनमा दमक उधाेग वाणिज्य संघका अध्यक्ष गाेकुल श्रेष्ठ काे प्रमुख अातिथ्यमा भएकाे थियाे । जसमा झापा माेडल अंग्रेजी स्कुलकी सेलिया श्रेष्ठ प्रथम, एभरेस्ट अंग्रेजी स्कुलकी सुनिता दाहाल द्वितिय, चुलाचुली अंग्रजी माविका अतिस राइ तृतिय पाथिभरा अंग्रजी स्कुलका सन्देश लुइटेल सान्तवना भए प्रतियाेगितामा दमकका बिभिन्न विध्यालयका १८ जनाले सहभागिता जनाएका थिए जसकाे संयाेजक रहेका जेसी उमेश गजमेर रहेका थिए ।

त्यस पछी साेही स्थानम जेसीज सप्ताह २०१९ काे समापन कार्यक्रम अान्तरीक मामिता तथा कानुन मन्त्री हिक्मत कार्कीले पुस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बाेल्दै मन्त्री कार्कीले जेसीज संग मिलेर समाजका बिभिन्न क्षेत्रमा काम गर्ने याेजना हरेकाे बताए । कार्यक्रममा जेसीजका बाेड अफ ट्रस्टिजका अध्यक्ष लाेक बहादुर अधिकारी, दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी, नेपाली काग्रेस दमक सभापति राेशन बिष्ट, नेकपा दमक नगर सचिब शंखर बस्नेत, रेडक्रस उपसाखा दमकका प्रकाश बुढाथाेकी लगायतले बाेलेका थिए ।

जेसिज सप्ताहलाइ भब्य रूपमा मनाउन छ वटा कार्यक्रमहरुकाे अायाेजना गरीएकाे उक्त कार्यक्रमहरूलाइ प्रभावकारी बनाउन हरेक कार्यक्रमका लागी फरक फरक संयाेजक चुनेका थियाै । सप्ताह कार्यक्रम सफल बनाउन संयाेजक हरूले मेहनतका साथ अाफ्नाे जिम्मेवारी पुरा गरेकाले कार्यक्रम सफल भएकाे महासचिव जेसी सुयाेग खरेलले जानकारी दिए ।

 जेसीजकाे बार्षिक कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गरि २०१९ काे  सप्ताह कार्यक्रम भब्यताका साथ सम्पन्न भएकाेमा खुशी ब्यक्त गर्दै जेसीज सप्ताह मूलसमितिका संयोजक  तथा सप्ताह समापन कार्यक्रमका सभापति जेसी संजिब बरालले सहयाेग गर्ने संघ सस्थालाइ धन्यवाद ज्ञापन गर्दै,  जेसीजले बनाउदै गरेकाे ट्रेनिङ्ग हल निर्माणमा प्रदेश सरकार स्थानिय सरकारले मिलेर सहयाेग गरी दिन अाग्रह गरे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here