खडेरीले बाली खायो, मान्छे भोकै

0
597

पाँचथर, १ पौष / दक्षिणी पाँचथरको बेँशी क्षेत्रका किसानहरूका लागि यति बेला हिउँदे बाली थन्क्याउने चटारोको हुने सिजन हो । मकै, जुनेलो, कोदो, बदामसँगै दलहन बालीहरू थन्क्याउन भ्याइनभ्याइ हुन्थ्यो । तर खडेरीले हिउँदे बालीले उत्पादन नदिएपछि लगाएका बालीहरू असोजमै काटेर गाईवस्तुलाई घाँस दिन बाध्य भए ।

त्यसैले बाली थन्क्याउने चटरो हुने सिजन बाली थन्क्याएर फुर्सदिलो हुने माघ/फागुनजस्तै भएको छ । घरका भकारी खाली छन् । किसानले अन्नको एक दाना पनि थन्क्याउन पाएनन । ‘वर्षे बाली दानै भित्रिएन । हिउँदे पनि उस्तै । बारीमा हरियो भन्ने केही रहेन,’ तुम्बेवाको ढुकुरेका गोपाल दाहालले दुखेसो पोख्दै भने, ‘घरमा उब्जनी भन्ने केही थन्क्याइन । रित्तो भो घर । ।’ वेँशी क्षेत्रका किसानहरुले अन्न किनेर खान थालेका छन् ।

अघिल्ला वर्षहरुमा अन्न बेचेका उनीहरुले यस्तो समय २०३४ सालपछि यस वर्ष आएको तुम्बेवा गाउँपालिका– १ तेर्सेका ७१ वर्षीय नेत्रबहादुर देवानले बताए । ‘बसाइँ जाऔँ कहाँ जाने ? बसौँ यस्तो समय आउँछ । के खाएर बस्ने’ उनले भने,। पाँचथरको तुम्बेवा, कुम्मायक, तेह्रथुमको छथर, मेन्छ्यायेम, आठराई र धनकुटाको चौबिसे गाउँपालिकाको वेँशी क्षेत्रमा खडेरीले हिउँदे बालीनाली सखाप छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here