दुर्घटनामा एकको मृत्यु, दर्जनौ घाइते

0
253

दमक२९, मंसिर / पूर्व पश्चिम मुख्य राजमार्गस्थित रतुवा पुल पूर्व कमल गाँउपालिका ५ मा हिजो दिउसो भएको सवारी दुर्घटना परि एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन ।

पूर्वबाट पश्चिम आउदै गरेको मे १० प ७६२७ नम्बरको मोटर साईकलले सोहि दिशा तर्फ जादैगरेको साइकलाई ठक्कर दिला सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । साइकलमा सवारी कमल गाउँ पालिका १ का ५० बर्षिय इन्द्रवहादुर बुढाथोकीको उपचारको क्रममा न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैविच मोरङको लेटाङमा यात्रुबहाक बस दुर्घटना हुदा १६ जना घाईते भएका छन् ।

हिजैसाझ धनकुटाबाट कानेपोखरी तर्फ आउदै गरेको ना २ ख ४२९२ नम्बरको बस अनियन्त्रत भएर दुर्घटना भएको हो । घाईते मध्ये ५ जनालाई थप उपचारकालागी धरान स्थित विपि कोईला स्वास्थ्य विज्ञान प्रतिठान लगिएको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here