तीर्थयात्री बोकेको बस पल्टिँदा पाँच जनाको मृत्यु, तीन दर्जन घाइते

0
181

मंसिर ८ २०७५ इटहरी/ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वा टोलमा रहेको पोखरीमा बस पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई दर्जनभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति करिब साढे ८ बजे सुनसरीको बराह क्षेत्रमा लागेको कुम्भ मेला भरेर फर्किएका तीर्थालु सवार को १ ख २७९९ नम्बरको बस पल्टिएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले अहिलेसम्म पाँच जनाको शव निकालेको पुष्टि गरे ।

उनले घटनाका घाइतेहरूको उद्धार कार्य जारी रहेको र अहिलेसम्म २२ जनाको उद्धार गरी गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा पठाइएको जानकारी दिए । अस्पताल पुर्‍याइएका २२ घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गम्भीर घाइतेलाई धरान र विराटनगर पठाउने गर्ने तयारी भइरहेको छ । बसमा करिब ७० जना सवार रहेको अनुमान छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here