उदयपुरमा बलात्कारका घटना बढे

0
243

उदयपुर, मंसिर १ / उदयपुरमा पछिल्लो १० महिनायता बलात्कारका घटना ह्वात्तै बढेको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सदरमुकाम गाईघाटमा आयोजना गरेको पूर्वसमिक्षा कार्यक्रममा जिल्लामा ३९ बलात्कारका घटना घटेको तथ्यांक प्रस्तुत गरेको हो । ३९ घटनामध्ये २६ वटा बलात्कार र बाँकी १३ वटा बलात्कारको प्रयास रहेको बताइएको छ ।

तथ्यांकअनुसार बलात्कार र बलात्कारको प्रयासबाट २१ जना बालिका र १८ जना महिला प्रताडित भएका छन् । कार्यक्रममा सन् २०१८ को जनवरीदेखि अक्टोवरको अन्तिमसम्म अर्थात १० महिनामा जिल्लामा ७० वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना घटेको देखाइएको छ ।

सबै घटना गैरराज्य पंक्षबाट भएको तथ्यांकले देखाएको छ । समग्र घटनाबाट ७३ जना पीडित भएका छन् । इन्सेकको अभिलेखमा रहेका ७० घटनामध्ये ३४ वटा अदालतले फैसला र मेलमिलाप कर्तामार्फत मिलापत्र गरिएको जनाइएको छ ।

घटनालाई हेर्दा बालिका बलात्कार १२, बलात्कारको प्रयास ८, अपहरण गरी बालिका बलात्कार १, महिला बलात्कार १३, बलात्कारको प्रयास ५, घरेलुहिंसा १५, वहुविवाह ५ रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here