नेपाल थुम्थुमिए, काजी थेचारिए,

0
205

काठमाण्डौं, ६ कार्तिक / नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेता माधव नेपालको असन्तुष्टिमाथि छलफल भएको छ । वरिष्ठ नेता नेपालले आफ्नो अनुपस्थितिमा बिना जानकारी प्रदेश इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव नियुक्तिको चर्काे विरोध गर्दै आएका थिए । नेपालको लिखित असहमतिमाथि भएको छलफलपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो गल्ती फेरि नगर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो ।

नेपालले निर्णय सच्याएर पुनः मापदण्ड बनाएर निर्णय गर्नुपर्ने माग अघि सारेका थिए । तर अध्यक्षद्वयले फेरि गल्ती नगर्ने सहमति जनाएपछि प्रदेश नेतृत्व नियुक्ति सम्बन्धी निर्णयलाई बैठकले सदर गरेको छ । त्यसैगरी बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा अस्वीकृत गरेको छ ।

सोमबार बालुवाटारमा बसेको सचिवालय बैठकले प्रवक्ता श्रेष्ठको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो । प्रा.डा गोविन्द केसीका मागको समर्थन गरेपछि श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टिकरण सोधेको विषयमा असन्तुष्टि नेता श्रेष्ठले राजनीनामा दिनुभएको थियो । नेकपा सचिवालयको अर्काे बैठक बुधबार अर्थात कात्तिक ७ गते दिउँसो ३ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here