दशैंको अर्थ र बैज्ञानिक महत्व

0
390

                                   विमल लामिछाने

  दशैं नेपाली जनजिब्रोमा प्रचलित शब्द बनिसकेको छ । संस्कृत शब्द दशमीबाट नेपाली भाषामा आएको तद्भव शब्द हो “दशैँ” । नेपाली हिन्दु सम्प्रदायमा दशैं सबै भन्दा ठुलो र महत्वपूर्ण चाडको रुपमा मनाउने परम्परा रही आएको छ र आश्वीन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धुमधामले मनाइने यो दशैं कहिलेदेखि शुरु भयो यसको कुनै इतिहास भेटिएको छैन । हाम्रा पिता पूर्खाहरु अर्धबन्य अवस्थाबाट बिकशित हुँदै कृषि युगमा प्रवेश गरे पछि दशैं मान्ने परम्परा शुरु भएको हुनु पर्दछ प्राचिन कालदेखि हिन्दु समाजमा दशैं पर्व अत्यन्तै महत्वका साथ मनाइने गरिन्छ ।
देवी पुराण अनुसार सत्य युगमा महिषासुर नाम गरेको दैत्य सम्राटले देवताहरुका राजा इन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरे र देवताहरु माथि आतंकपूर्ण शासन गर्न थाले । देवताहरु डराएर ब्रम्हाको शरणमा गए । ब्रम्हाको सल्लाह अनुसार बिष्णु सहित महादेवको शरणमा पुगे । सबै देवताहरुको छलफल पछी आफ्नो आफ्नो शक्तिपुञ्ज निकाले । ती शक्तिपुञ्जहरु एकत्रित भइ शक्तिस्वरुपा नवदुर्गा भगवतीको रुप धारण गरे । नवदुर्गा भगवतीले नवौं दिनसम्मको युद्ध पछी चन्ड, मुन्ड र रक्तबिज सहित महिषासुरको बध गरे र दशौँ दिनमा विजय उत्सब मनाइयो । त्यो दिन आश्विन शुक्ल प्रतिपदादेखि दशमी परेको थियो ।
रामायण र श्रीमद् देवी भागवत अनुसार अर्काे कथा प्रसंग जोडिएको छ दशैंसँंग । रामले रावणको बध गरेर अयोध्या फर्केपछि ठुलो जनसभा भयो । त्यो सभामा रामको जयजयकार र वीरताको बखान चली रहँदा सीताले मुख लेप्र्याएर व्यंग्य मुश्कान छोडेको दृश्य बिश्वामित्रले याद गरेका रहेछन् । जनसभा समाप्त भए पश्चात बिश्वामित्रले सीतासँग सोधे । धेरैबेरको अनुरोधपछि सीताले भनिन् त्यो जाबो दश टाउके रावणलाई बध गर्दा त रामको बिरताको यत्रो बखान हुन्छ भने सहश्र टाउके अहिरावण र महिरावणलाई बध गरे भने तिमीहरुले के गर्दा हौ ! त्यसकारणले हाँसेकी हुँ । सीताको यो अभिव्यक्तिले रामसभामा ठूलो तरङ्ग पैदा गर्याे । रामको पुरुषार्थमा धक्का लाग्यो र उनले भने त्यसो भए म अहिरावण र महिरावणको बध नगरिछोड्दिन । रामले प्रतीज्ञा गरे । युद्धको तयारी भयो । घमासानको युद्धमा राम समेत उनका भाइहरु मुर्छित भए ,कोलाहल मच्चियो । त्यही मौकामा सीताले नवदुर्गा भगवतीको रौद्र रुप धारण गरि सहश्र टाउके रावणको बध गरिन् । त्यो समय पनि आश्विन शुक्ल प्रतिपदादेखि नवमी नै परेको थियो र दशमीको दिन बिजयोत्सब मनाए ।
श्रीमद देवी भागवत र तुलसीकृत रामायण अनुसार लङ्केश्वर रावणलाई रामले पराजित गर्न असमर्थ भए पछी शक्ति स्वरुपा भगवती दुर्गाको आह्वान गरे । चैत्र शुक्ल प्रतिपदादेखि नवदुर्गा भवानीको उपासना गर्दै युद्ध गर्दा नवमीको दिन साँझ रामको लङ्का विजय भयो । त्यसैको खुशियालीमा चैत्र महिनामा दशैं मनाउंदै आइरहेकोमा गर्मी मौसमको कारणले त्यही दशैं असोजमा सारेको भन्ने उक्तिहरु पनि भेटिन्छन् ।
तत्थ्य खोज्दैछ पुस्ताले
हाम्रो हिन्दू संस्कृतिमा भएका चाडपर्व रीतिरिवाज आदिमा सुन्दै हाँसो लाग्ने अलौकिक वा जादुगरी कथा किम्बदन्तीले मात्र अबका पुस्ताले चित्त बुझाउने छैनन् । विज्ञानको युगमा बिज्ञानसम्मत कारणहरु खोतल्न र खोज्न थालिरहेका छन् । वेद पुराण र किम्बदन्ति कथाहरु लोक साहित्य हुन् । साहित्यका बिम्ब र प्रतीकले ब्यक्त गर्न खोजेको कुरा नबुझेर पुर्खाले मान्दै आएको परम्परा भन्दै हामीले मान्दै आयौं तर आजका बालबालिका र किशोर किशोरीहरु त्यो मान्ने वाला छैनन् । किनभने यो साइबर युग हो कुनै कर्मकाण्ड गर्नुको पछाडी त्यसको बैज्ञानिक सत्यतथ्य बुझ्न चाहने जिज्ञाशु रहेको हामीले पाउन थालेका छौं । अतःहाम्रो संस्कृति र रीतिरिवाजको बैज्ञानिक पक्ष उनीहरुलाई बुझाउन सकेनौ भने उनीहरुले त्यो मान्नेवाला छैनन् फलस्वरूप हाम्रो धर्म संस्कृति र रितिरिवाजको बारे बैज्ञानिक सत्य तथ्य खोज्नु अति आबस्यक भइसकेको छ ।
साहित्यकारहरुको परिकल्पना र बिम्ब
उपरोक्त आख्यानहरु तत्कालिन साहित्यकारहरुका साहित्य हुन् । साहित्यमा बिम्ब प्रतीक हुन्छन् नै । विद्वान समीक्षक तथा पाठकहरुले महिषासुर , रावण , अहिरावण र महिरावण बिम्ब प्रतीकलाई काम, क्रोध, लोभ, मोह र अहङ्कार मद् मात्सर्य अर्थात खराब वा असत्य पक्ष र दुर्गालाई सत्यको प्रतिक भनेर अर्थ लगाएको हुन सक्छ । असत्य माथि सत्यको विजय भएको प्रतिकको रुपमा दशैं पर्व भव्यताका साथ मान्ने संस्कृतिको प्रादुर्भाव भएको युगौं बिति सकेको छ ।
अर्को मत अनुसार मानव शरीर नौवटा ढोका भएको दूर्ग हो । नौवटा ढोका भएको दूर्ग अर्थात नव द्वारको दूर्ग नवदुर्ग । यही नवदुर्ग शब्द कालान्तरमा नवदुर्गा भएको भन्ने कथन पनि भेटिन्छन् । ज्ञानरुपी दीयो बालेर अन्धकाररुपी अज्ञानतालाई परास्त गरि आत्मा रुपी मन्दिर उज्यालो पार्ने र काम, क्रोध, लोभ, मोह , अहंकार जन्य रावण र महिषासुरको जस्तो दुर्गुणहरुको बलि दिएर भगवतीलाई खुशी पार्ने दिवशको रुपमा दशैं पर्वलाई लिनु पर्दछ, केही विद्वानहरु भन्ने गर्दछन । ऋग्वेदमा उल्लेखित धेरै कुराहरु वर्तमान समयमा बैज्ञानिकहरुले बिज्ञान सँग तुलना गरेर हेर्ने र सो को अध्ययन अनुसन्धान गरिरहेका छन् । जुन बेला पौराणिक साहित्य लेखन आरम्भ भयो त्यो समय आजको जस्तो बैज्ञानिक अनुसन्धानको सुबिधा नभएकोले र सनातन धर्मका ज्ञाताहरुले पुस्तामा आफ्नो ज्ञान हस्तान्तरण गर्ने प्रवृति न्यून रहेकोले सनातन शाश्वत सत्यहरुको प्रचार प्रसार हुन नसकेको प्रतित हुन्छ । हाम्रा वेद पुराण उपनिषद् आदि धार्मिक ग्रन्थले भन्दा बैज्ञानिक तथ्यमा आधारित हुँदा हुँदै पनि बैज्ञानिक तथ्यको आधारमा यसको ब्याख्या विश्लेषण र खोज अनुसन्धान गर्नु भन्दा पूजा उपासना आदिमा सीमित राखिएकोले यसको महत्व बिश्व जनमानसमा न्यून भएको हुन सक्छ ।
नवदुर्गाको बैज्ञानिक आधार
नव दुर्गाको जुन नौ वटा स्वरूप छ त्यसमा बैज्ञानिक आधार छन् भन्ने कुरा भर्खरै खुल्न आएको छ । आश्वीन शुल्क प्रतिपदादेखि नवमीसम्म दुर्गा कवच वा स्तोत्र पाठ गरिन्छ । नव दुर्गाको ध्यान उपासना पूजा आदि गरिन्छ ति नव दुर्गाको बैज्ञानिक स्वरूप स्वामी निशेषा नन्दका अनुसार यस प्रकार रहेको छ ।
१) प्रतिपदामा . शैलपुत्री , सम्भाबना शक्ति
२) द्वितियामा .. ब्रम्हचारिणी , चुम्बकीय शक्ति
३ ) तृतीयामा .. चन्द्रघण्टा , ध्वनी शक्ति
४) चतुर्थीमा .. कुष्मान्डा , रासायनिक शक्ति
५) पन्चमीमा .. स्कन्दमाता , आकर्षण शक्ति
६) षष्ठीमा . कात्यायनी , ब्रम्हाण्डीय केन्द्र शक्ति
७) सप्तामीमा . कालरात्री , प्रसारण शक्ति
८) अष्टमीमा .. महागौरी , प्रकाश शक्ति
९) नवमीमा . सिध्दीदात्री , बिद्युतीय शक्ति
यी उल्लेख गरिएका शक्तिहरु बिश्व ब्रम्हाण्डमा र हरेक प्राणीहरुमा बिध्यमान छन् । भारतीय हिन्दु र नेपाली हिन्दुहरुको दशैँ मनाउने भिन्न भिन्न शैली छन् । दशैंलाई उल्लासमय ढंगले १५ दिन सम्म मनाउने नेपाली हिन्दुहरु नै हुन् ता पनि जात जाति र भूगोल अनुसार दशैं मनाउने बिधि फरक फरक छन् । हिन्दुको महान चाड दशैं भए जस्तै गैर हिन्दुहरु जस्तै उदाहरणको लागि बौध्द , इशाई , ईश्लामहरुको पनि महान चाड हुन्छन् । जुन सुकै जात धर्म वा सम्प्रदायले जस्तो सुकै चाड पर्व मनाए पनि त्यसको बैज्ञानिक आधार एउटै रहेको विश्लेषकहरु बताउँछन् । काम, भोजन, आराम, मनोरन्जन र सुरक्षा यी सबै मानवीय प्रवृति हुन् । यिनै मानवीय प्रवृतिको आधारमा चाड पर्व मनाउनुका आधार अंगेजीका चार वटा आरमा विभाजन गरिएको छ ।
१ ) च्झयखभ ( त्याग्नु , छोड्नु वा हटाउनु ः– चाड पर्वमा आफ्नो घर आँगन लिप पोत र सरसफाई गर्नु , रङ्ग रोगन गर्नु , पुरानो वस्तु हटाएर नया वस्तु भित्रियाउनु , पुरानो बस्त्र त्यागेर नयाँ वस्त्र धारण गर्नु , पुरानो विचार त्यागेर नवीन सिर्जनाको योजना बनाउनु ।
२) च्भअजबचनभ यच च्भकतयचभ – जसरि मोबाइल ,घडी आदि बेलाबखत रिचार्ज गरिएन भने त्यो बन्द हुन्छ । त्यसरी नै मानवीय उर्जा शक्ति संचय गर्न जरुरी हुन्छ ।
३) च्भबिह – आनन्द प्राप्त गर्नु वा मनोरन्जन गर्नु । चाड पर्व जीवनको एउटा उत्सब हो । उत्सबमा अनेक परिकार भोजन र मनोरन्जन गरेर आनन्द प्राप्त गर्न सकिन्छ ।
४) च्भबितष्यल चभलभध – नाता सम्बन्ध पुनरनविकरण ः– नाता सम्बन्ध जीवन भोगाईको क्रममा अनेकौ कारणले चिसिन सक्छ । चिसिएको सम्बन्धलाई न्यानो बनाउने र न्यानो सम्बन्धलाई अझै गाढा बनाउन चाड पर्व महत्वपूर्ण अवशर हो । उपरोक्त आधारहरु हिन्दुको दशैंको मात्र नभएर इशाइको क्रिश्मस र इस्टर , इश्लामको रमजान , इदुल फित्र ,बकरिद, किरातीको साकेला ,उधौली उभौली, थकालीको फालो, तोरन्ल, गुरुङको टोहोंटे, ल्होसार, थारुको माघी , मधेसीको छठ र शेर्पाको ग्याल्पो ल्होसार आदिका पनि आधार हुन् भन्दा अतिशयोक्ति हुने छैन । किनभने यी पर्वहरु हिन्दुको दशैं जस्तै ठूलो महत्वको पर्व अथवा दशैं रहेको हामी पाउछौं । यो हाम्रो चाड होइन त्यसैले हामी यसलाई मान्दैनौं भनेर कोकोहोलो मच्चाउनुको कुनै अर्थ छैन । सबै चाड पर्व मानिसकै सिर्जना हुन् । मानव पूर्खाका अनुभव र अनुभूतिबाट संस्कृतिको निर्माण भएको हुनाले भौगोलिक कारण र जीवन जिउने विविधताका कारणले संस्कृति पनि अलग अलग हुन गएको हो ।
आशिर्वाद लिँदा प्रयोग गरिने मन्त्रको अर्थ
बिजया दशमी को दिन दुर्गा भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा सहित आशीर्वाद ग्रहण गरिन्छ । आशिर्वाद दिँदा यो मन्त्र पढिन्छ ।
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
भाबर्थ ः द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भनी मान्यजनबाट आशीरबाद लिइन्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here