सुतेकै अवस्थामा शिक्षाविद् दाहाल मृत भेटिए

0
184

असोज ३१, २०७५ काठमाडौँ/ शिक्षाविद् भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ । एक कार्यक्रमका लागि अमेरिका गएका दाहाल सोमबार राति होटलको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको परिवारले जनाएको छ ।

काठमाडौँ विश्वविद्यालयबाट शिक्षाशास्त्रमा विद्यावारिधि गरी शिक्षामा समाजवादी दृष्टिकोण र सुशासनका लागि वकालत गर्दै आउनुभएका उनी हाल त्यहाँ अध्यापनसमेत गर्थे । रामेछापको साँघुटारमा जन्मिएका उनले यसअघि नेपालका लागि रोयल नर्वेजियन राजदूतावासमा सुशासन सल्लाहकार, नेपालका लागि फिनल्याण्ड दूतावासमा कार्यक्रम संयोजक, सेभ द चिल्ड्रेनमा कार्यक्रम निर्देशक र नेपाल रेडक्रसमा कार्यक्रम संयोजक रही काम गरेका थिए ।

राति होटलमा सुतेको अवस्थामा निधन भएको र उनको नाकबाट रगत बगेको पाइएपछि हृदयाघात भएको अनुमान गरिएको छ । निधनबारे चिकित्सकीय अध्ययन प्रक्रिया पूरा भएपछि उनको शव अन्त्येष्टिका लागि नेपाल ल्याइने बताइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here