मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

0
163

उदयपुर ३१,असोज / निर्माणाधीन मदन भण्डारी लोकमार्गमा पर्ने उदयपुरको त्रियुगा नगरपालिका–७ कौवाईमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीका अनुसार गाईघाट–नेपालटार सडकखण्डको कौवाईमा स ८ प ९८०८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक त्रियुगा–१३ बसपार्कका ५० वर्षीय दिनेश पौडेलको मृत्यु भएको हो ।

घाइते सोही नगरपालिकाको वडा नं. १३ का ४५ वर्षीय कुलबहादुर थापा गम्भीर घाइते छन् । रौतामाई गाउँपालिका–७ मुर्कचीबजारबाट त्रियुगा–१३ मा रहेका घरतर्फ आउने क्रममा कौवाईखोलामा लगाइएको काठेपुलबाट मोटरसाइकल चिप्लिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याई प्रथामिक उपचारपछि विराटनगर पठाइएको छ । सर्वसाधरण आवतजावत गर्नका लागि बनाइएको काठेपुल पछिल्लो समय राजमार्गले तलबाट सडक बनाएपछि प्रयोग विहीन बनेको थियो । त्यही पुल प्रयोग गर्नेहरु वेलाबखत दुर्घटनामा पर्ने गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here