लडेर राईको मृत्यु

0
232

इलाम,२३ असोज / रोङ गाँउपालिका–६, वन्सुवामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । ३५ वर्षीया फूलमाया राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन ठिक नभएकी राई सोमबार घरबाट निस्किएकी थिइन् । लामो समयसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा साँझ ७ बजे घरबाट ६० मिटर जति टाढा रहेको भीरबाट करिब १०० मिटर तल खसेर मृत्यु भएको अवस्थामा श्रीमान कालुमान राईले फेला पारेको बताइएको छ ।

मृतकको इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले मुचुल्का गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवल्दार विजय राईले जानकारी दिनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here