यस्ता छन् –नियमित आलु खानुका फाइदा

0
467

आलु स्वादमा मात्रै अब्बल छैन यसबाट अरु धेरै किसिमका स्वास्थ्य लाभ पाउन सकिन्छ । हाम्रो देशमा मात्रै होइन विश्वभरमा सबैभन्दा धेरै आुलको सेवन गरिन्छ । आलुको सेवनले पाचन प्रक्रियामा सुधार, मुटुको स्वास्थ्य राम्रो बनाउने, कोलेस्टेरोलको स्तर कम गर्ने, रगतमा सुगर लेभल नियन्त्रण गर्ने र क्यान्सरलाई रोक्न मद्धत मिल्छ ।

यस बाहेक आलुले रक्तचाप कम गर्छ, अनिन्द्रा हटाउँछ, प्रतिरक्षा प्रणालीलाई मजबुत गर्छ र उमेर बढ्दै गएको देखिने संकेत कम गर्छ, तरल सन्तुलन बनाइराख्छ ,छालाको रक्षा गर्छ र आँखाको हेरविचारमा सहायता गर्छ ।

यी हुन आलु खानुका फाइदा

१. रक्तचाप

रक्तचाप नियन्त्रणमा राख्नको लागि कम सोडियम आहार आवश्यक छ तर पोटेसियमको उच्च मात्रा पनि समान रुपले महत्वपूर्ण हुन्छ । पोटोसियमले रक्तनलीको चौडाइलाई बढाउँछ । पोषक तत्व जस्तै क्याल्सियम र म्याग्निसियम सबै आलुमा पाइन्छ । यसले स्वभाविक रुपले रक्तचापलाई नियन्त्रित गर्नमा मद्धत गर्छ ।

२. क्यान्सरबाट बचाउँछ

आलुमा फोलेट हुन्छ । डिएनएको संश्लेषण र मर्ममा फोलेटले एक महत्वपूर्ण भूमिका निभाउँछ । यसले कैयौं प्रकारका क्यान्सर कोषलाई डिएनएमा उत्परिवर्तको कारण बनाउनबाट रोक्छ ।

फल र सब्जीहरुका सथौ आलुपनि उच्च फाइबर स्रोत हो जसले कोलोरेक्टरल क्यान्सरको जोखिमलाई कम गर्छ । आलुमा पाइने भिटामिन ‘सी’ र कार्सेन्टिन एन्टि अक्सिडेन्टले हाम्रो शरीरलाई क्यान्सरको विनाशकारी प्रभावबाट बचाउँछ ।

३. मुटुको स्वास्थ्य

आलूमा रहेको फाइबर पोटेसियम भिटामिन ‘सी’ र भिटामिन बि६ कोलेस्टेरोलको स्तरलाई कम गर्न मद्धत गर्छ । आलुमा फाइबरको महत्वपूर्ण मात्रा रगतमा कोलेस्टेरोलको कुल मात्रालाई कम गर्न मद्धत गर्छ जसले मुटुको बिरामीको जोखिम कम हुन्छ । आधारमा कार्डियो भास्कुलर बिरामीहरुको खतरा लगभग बराबर हुन्छ ।

४. मस्तिस्कको लागि फाइदाकारी

मस्तिस्कको उचित कार्यप्रणाली धेरै जसो ग्लुकोज स्तर, भिटामिन ‘बी’, अक्सिजनको आपूर्ती, ओमेगा ३ जस्ता फ्याटी एसिड, केही हार्माेन र एमिनो एसिडमा निर्भर गर्छ ।

आलुमा यो सबै तत्व पाइन्छ त्यसैले आलु मस्तिस्कको लागि पनि धेरै लाभकारी छ भन्दा फरक नपर्ला । आलुले मस्तिस्कलाई थाक्नबाट रोक्छ र तपाईंलाई हरेक समय सतर्क राख्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here