लेनदेनका कारण ब्यवसायीको हत्या भएको स्वीकार, पूर्व तयारी अनुसार घटना घटाइएको बयान

0
234

दमक / दमकका कपडा ब्यवसायी खेमराज पौडेलको अपहरणपछि हत्या भएको छ । कपडा व्यवसाय गर्दै आएका एक व्यक्तिको अपहरणपछि हत्या गरेको आशंकामा पक्राउ गरिएका गौरीगञ्जका सद्धाम हुसेनले प्रहरीलाई बयान दिएको बयान अनुसार हत्या गरिएको स्वीकारेको प्रहरीले जनाएको छ ।

कमल गाउँपालिका–६ मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार हत्या गरी फालिएको पौडेलको शव गौरीगञ्ज गाउँपालिका–६ बाह्रदसीस्थित विनोद यादवको खेत नजिकै रहेको नालामा मंगलबार बिहान भेटिएको हो। मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरिएको छ ।

घटनास्थलमा उनको मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल फोन र व्याग फेला परेको छ। प्रहरीले हत्यामा संलग्न भएको आशंकामा लाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सोमबार बेलुका मे ७ प १९०४ नम्बरको मोटरसाइकलमा सवार पौडेल र उनकी श्रीमती पसलको उधारो रकम उठाउन गौरीगञ्ज बजार पुगेका थिए। करिब ६ बजे श्रीमतीलाई खाजा पसलमा छाडेर मोटरसाइकलमा सद्धाम हुसेनलाई सँगै लिएर उधारो रकम उठाउन गएका थिए ।
सद्धामसँग ९० हजार रुपैयाँ उठाउनु रहेकाले गौरीजञ्ज गएको पौडेलकी श्रीमतीले प्रहरीलाई बताएको प्रहरी उपरीक्षक बस्नेतले बताए। सद्धामसँग गएका पौडेल राति अबेरसम्म नफर्किएपछि उनी अपहरण परेको भनी श्रीमतीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जानकारी गराएकी थिइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here