सरकारले विप्लव सहित भूमिगत समुहसँग बार्ता गर्ने

0
167

भदौ २५, २०७५ काठमाडौं / सरकारद्वारा गठित उच्चस्तरिय राजनीतिक वार्ता समितिले भूमिगत, अर्धभूमिगत, द्वन्द्वरत र असन्तुष्ट राजनीतिक दल तथा समूहसँग वार्ताको तयारी अघि बढाएको छ । समितिले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत राजनीतिक दल तथा समूहलाई वार्तामा आउन आह्वान गरेको हो ।
सरकारद्वारा द्वन्द्वरत पक्षसँग वार्ता गर्न गठित उच्चस्तरीय राजनीतिक वार्ता समिति २०७५ले सोमबार सार्वजनिक रुपमा वार्ताका लागि आह्वान गर्न लागेको छ ।
समितिका संयोजक तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले सोमबार सार्वजनिक रुपमा वार्ताका लागि आह्वान गरेर वार्ता प्रक्रिया अघि बढाइने बताए। विभिन्न माग राखेर आन्दोलनरत तथा द्वन्द्वरत विभिन्न पक्षलाई वार्ताका लागि औपचारिक रुपमा आह्वान गर्नुअघि समितिले पूर्व शान्ति मन्त्रीहरु, सुरक्षा निकायका अधिकारीहरु तथा सञ्चारकर्मीसँग परामर्श गरेको थियो।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here