२५ विदेशी वस्तुलाई नेपाल गुणस्तर चिह्न

0
268

काठमाडौं / नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ। आर्थिक वर्ष २०७४्७५ मा विभागले भारत र चीनमा उत्पादित २० उद्योगबाट उत्पादित २५ वस्तुलाई एनएस चिह्न प्रदान गरेको हो।

जसमा आठ उद्योगका १३ सिमेन्ट, कम्पोजिट सिलिण्डर दुई, एलपीजी सिलिण्डर तीन, एलपीजी भल्व तीन, आइरन बार तीन र एलपीजी रेगुलेटर एक उद्योग छन् । विदेशी मुलुकले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई आफ्नो देशको गुणस्तर चिह्न प्रदान गरे पनि नेपालले भने विदेशी वस्तुलाई गत वर्षदेखि नेपाल गुणस्तर चिह्न दिन सुरु गरेको हो ।

विभागले स्टार सिमेन्ट, जेपी रेवा प्लान्ट, क्यालकम सिमेन्ट, सलुजा स्टिल, टाटा स्टिल, विके स्टिल, सूर्यशक्ति भेसल्स, ग्यास ड्रोइड इन्जिनियरिङ, सर्वमंगल पेट्रोलियम, सुप्रिम ई. प्रालि, टाइम टेक्नोप्लाष्ट, प्रभा इलेक्ट्रोनिक्स, बात्रा एसोसियट्स र दिल्ली एलपिजीलगायतका भारतीय उद्योगलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको छ ।

यस्तै, विभागले चिनियाँ रेगुलेटर कम्पनी निग्वो सुआई छिनलाई समेत एनएस चिह्न प्रदान गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विदेशी मुलुकबाट नेपाल गुणस्तर चिह्न लिने उद्योग बढेको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here