विमल शर्मा भन्छन्ः ‘जमिन बाँझो छोडे क्लवले विरुवा रोप्छ’

0
172

दमक/ स्थित लायन्स क्लव अफ दमक स्टर्नलाइनले बाँझो जमिन नछोड्न आग्रह गरेको छ । क्लवले बाँझो जमिन छोडे संस्थाले विरुवा रोप्ने चुनौति दिएको छ । शनिबार झापाको कमल गाँउपालिका वडा नंं ६ मा बृक्षारोपण कार्यक्रमको आयोजना गर्यो । लायन्सका क्लव अफ इन्टरनेश्नलका बातवरण चिफ बबरजंग थापाको प्रमुख आतिथ्यमा कमल ६ का चुणमणि पौड्यालको स्वामित्वमा रहेको जमिनमा बृक्षरोपण आयोजना गरेको हो ।

क्लवका अध्यक्ष बिमल शर्माका अनुसार सरकारले खाली जमिन नराख्न हरेक नागरिकलाइ आग्रह गरेको छ । यो नियम मान्नसके जमिन बाँझो रहँदैन । उनी भन्छन्– खाली हरेक जमिन सदुपयोग गर्नु पर्छ, जमिन बाँझा रहे उत्पादनमा ह्रास आउछ, भन्ने सन्देश दिन नीजि बन एवं खाली जमिनमा बृक्षरोपण गरिएको हो ।
वातरण संरक्षणका लागि जहाँ जसको खाली जमिन छ त्यहाँ बोटबिरुवा रोप्नुपर्छ भन्ने यस कार्यक्रमको सन्देश रहेको शर्माको भनाइ छ । कार्यक्रमका प्रमुख अतिथि थापाले यो उदाहरणिय काम भएको बताए ।
अहिलेसम्म सार्वजनिक तथा सरकारी बनमा मात्र बृक्षारोपण हुँदै आएकोमा नीजि क्षेत्रमा समेत यो अभियान शुरु हुनु राम्रो भएको उनको भनाइ थियो । लायन्सकर्मी बिकास अग्रवालले बिभिन्न प्रजातिका २ सय बिरुवा रोपिएको जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here