चरेससहित पक्राउ

0
214

भद्रपुर / नेपालबाट लागूऔषध चरेस भारततर्फ लैजाने एक नेपाली नागरिकसहित दुई जना युवक पक्राउ परेका छन् ।
दुवै जनालाई झापाको काकँडभिट्टा नाकासँग जोडिएको पानीट्ङयाकी क्षेत्रबाट विशेष सूचनाको आधारमा भारतीय एसएसबीका ४१ बी बटालियीनको टोलीले शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने नेपालका गणेश तामाङ्ग र कालिम्पोङ्ग निवासी लूका शेर्पा रहेको जनाइएको छ । भारतीय सुरक्षाकर्मीका अनुसार स्कूटरमा सवार दुवै जनाको साथबाट तीन किलो चरेस, चार थान डेविट कार्ड, तीन थान मोबाइल फोन, नेपाल, भारत र भुटानको पैसा भेटिएको थियो । बरामद गरिएको चरेस नेपालबाट भित्र्याएको र सिलगुढीको बाटो भएर कलकत्ता लैजाने तयारीमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here