इलाममा आगलागी

0
218

साउन १७, २०७५,इलाम / इलामको एक पसलमा आगलागि भएको छ । इलाम नगरपालिका–७ ठुलो टुडिखेल छेउमा आगलागी हुँदा ४० हजार बराबरको क्षति भएको छ । बुधवार राती साढे ९ बजेको समयमा शान्ति तामाङको घरमा भाडामा रहेको कौशिला राईको किराना पसलमा अचानक चुरोटको ठुटोबाट आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पसलमा रहेको सामान, राशन, अण्डा जलेर क्षति भएको छ । आगो निभाउने क्रममा स्थानिय सुमन श्रेष्ठ र प्रमिला राई सामान्य घाइते भएका छन । प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठ नेतृत्वको टोली र स्थानियको सहयोगमा १० बजे आगो नियन्त्रणमा आएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here