यौन सम्पर्क गर्न नमान्दा प्रेमीकाको हत्या

0
268

पर्सा/शारीरिक सम्बन्ध राख्न नमानेपछि पर्सामा एक युवतीलाई उनकै प्रेमीले हत्या गरेको पर्सा प्रहरीले जनाएको छ ।

भारत बगहा घर भई हाल पर्साको जगरनाथपुर गाउँपालिका–४ बस्दै आएकी १८ वर्षीया बनिताकुमारी चौधरीको हत्या उनकै प्रेमी सोही ठाँउमा बस्ने प्रमेन्द्र चौधरीले गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गत असार २८ गते दिउँसो १ बजे प्रमेन्द्रले बनितालाई भलुवाही खोला नजिकको खयरबारीमा भेटन बोलाएका थिए । प्रेमी प्रमेन्द्रलाई भेटन पुगेकी बनितासँग शारीरिक सम्बन्ध राख्न गरेको प्रस्तावलाई बनिताले नमानेपछि प्रमेन्द्रले बनिताको घाँटीमा सल बेरेर हत्या गरेका थिए ।

हत्या पश्चात प्रमेन्द्रले बनिताको शब घिसारेर खोला किनारमा लगि खाल्डोमा गाडेको पर्साका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रेवती ढकालले बताए । प्रहरीले प्रमेन्द्रलाई उनकै घरबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

यस्तै, यौन सम्पर्कको प्रस्ताव अस्वीकार गरेको भन्दै गुल्मीमा पनि ६९ वर्षीया बुद्धाको हत्या भएको खुलेको छ । यौन प्रस्ताव अस्वीकार गरेपछि चन्द्रकोट गाउँपालिका४ शान्तिपुर, डाँडा वनका ४२ वर्षीय गोकुल सार्कीले सोही ठाउँकी एक बृद्धाको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मदिराको मातमा गोकुलले बृद्धासँग यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार भएपछि बृद्धालाई मुक्का प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here