तराइमा गर्मी बढेसँगै इलाममा पर्यटकको संख्या बढ्यो

0
192

इलाम/ तराइमा गर्मी बढेसँगै चिसो भूभाग खोजेर इलाम भ्रमण गर्नेहरुको संख्या बढ्दै गएको छ । पूर्वको पर्यटकीय जिल्ला इलाममा घुम्न आउने पर्यटकको संख्यामा बर्सेनि बढ्दै गएको छ। आर्थिक वर्ष ०७३/७४ मा ६६ हजार २९९ जना पर्यटक इलाम आएकोमा गत आर्थिक वर्ष ९३ हजार ९७६ जनाले इलामको भ्रमण गरेको रोङ गाउँपालिकाको जोरकलशस्थित पर्यटन सूचना केन्द्रको तथ्यांकमा छ ।

इलाम भित्रने पर्यटकमध्ये ४९ हजार ५२२ जना पुरुष र ४४ हजार ४५४ जना महिला रहेका छन्। आर्थिक २०७३/७४ मा ३६ हजार ४७० जना पुरुष र २९ हजार ८२९ जना महिलाले इलामको भ्रमण गरेका थिए। इलाम भ्रमण गर्ने पर्यटकमध्ये ९३ हजार ८१२ जना आन्तरिक र १६४ जना बाह्य पर्यटक रहेको पर्यटक सूचना केन्द्रका सूचना अधिकृत गगन घिमिरेले जानकारी दिए।

‘इलाम भित्रिनेमध्ये छ हजार १०७ जनाले मात्र इलामबाहिर पाँचथर, ताप्लेजुङ र तेह्रथुमसम्मको भ्रमण गरेका छन्’ सूचना अधिकृत घिमिरेले भने, ‘बाकी ८७ हजार ८६९ जनाले इलाम जिल्लाकै विभिन्न स्थानको भ्रमण गरेका छन्।’ इलाममा रमणीय स्थलका साथै राम्रो हावापानी छ। यहाँ पर्यटन विकासको पूर्वाधार र प्रचार–प्रसारले गर्दा पनि पर्यटकहरुको रोजाइमा इलाम पर्न गएको हो।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here