जिवन बचाउन सुवेदीको अपिल

0
297

साउन ४, २०७५,झापा / हड्डीको ट्युमर भइ उपचाररत झापा कनकाई नगरपालिका ५ का ३५ बर्षिय तीर्थ सुबेदीले खर्च अभावले उपचार हुन नपाएको भन्दै आर्थिक सहयोग गरेर जीवन बचाइदिन सबैसग अनुरोध गरेका छन ।

७ बर्ष पहिले रोजगारीका लागि मलेसिया गएको बेला आफुलाई ट्युमर पलाइएको पत्ता लागेपछि रोजगारदाता कम्पनीबाट खालीहात फर्कनुपरेको सुवेदी बताउछन ।

उल्टै रोजगारदाता कम्पनीले लेबी रकम बरावरको काम लगाएर लेवि असुल भएपछि रोगी आफुलाई नेपाल पठाइदिएको गुनासो सुवेदीले गरे । त्यसवेला पनि सुवेदीले आफुसँंग भएको ७ लाख रुपैँया खर्चेर भरतपुर क्यान्सर अस्पतालमा उपचार गराएको बताउने सुवेदीको विराम हाल आएर पुन बल्झिएपछि थप समस्यामा परेका हुन ।

त्यसवेला समेत खर्च अभावले ३ वटा केमु चढाउनुपर्नेमा एउटामात्रै चढाएकोले ७ बर्षपछि रोग बल्झिएको सुवेदीले बताए । हाल भरतपुर क्यान्सर अस्पतालले ६ बटा क्यामु थेरापी गर्नुपने र रेडियासनले ६ महिनासम्म सेक्नुपर्ने डाक्टरले भनेको र त्यसका लागि ४ लाख रुपैँया लाग्ने भएपछि आफुसग भएको सबै जायजेथा पहिले नै उपचारका लागि सकिसकेका सुवेदीले आफुलाई आर्थिक सहयोग गरेर जिवन बचाइदिन सबैसग अनुरोध गरेका हुन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here