बसको ठक्करबाट दुई जनाको ज्यान गयो

0
191

 असार २१,  मोरङ / बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा विहिवार बिहान बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ६४३५ नम्वरको बसले विपरीत दिशातर्फ जाँदै गरेको को २७ प ४१६४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सुनसरी, इटहरी–१ बस्ने ३८ वर्षीय खगेन्द्र तामाङ र पछाडि सवार भोजपुर, पौवादुम्मा ५ घर भई हाल मोरङ, उर्लाबारी ३ मा बसोबास गर्दै आएका ३३ वर्षीय जयनारायण तामाङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार जयनारायणको घटनास्थलमै र चालक खगेन्द्रको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याउने बित्तिकै मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here