सकारात्मक सोचेर कलम चलाउन सञ्चार मन्त्रीको आग्रह

0
230

दमक, १५ असार/  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सकारात्मक सोच राखेर कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन् ।
देशलाई समृद्धि तर्फ लैजान पत्रकारहरुको सकरात्मक भूमिका महत्वपूर्ण हुने बताए ।
वर्तमान सरकारको एक मात्र लक्ष्य अव देशलाई समृद्धितर्फ
रुपान्तरण गर्ने जिम्मेवारी भएको बताउदै उनले त्यसका लागि पत्रकारहरुले सकरात्मक भूमिका गर्नुपर्ने जोड दिए । उनले देशको समृद्धि तर्फको महान लक्ष्यमा सञ्चारमाध्यमले साथ दिनुपर्ने विचार राखे ।

शुक्रवार दमकमा रहेको पत्रकार मञ्चको कार्यालय उद्घाटन गर्दे सञ्चारमन्त्री बाँस्कोटाले देशकै महत्वपूर्ण भूमिकामा रहेको प्रेस जगतलाई थप मर्यादित र व्यवसायीक बनाउन आफू सक्रियताका साथ लाग्ने बताए ।
मेनस्ट्रिम र सोसल मिडीयालाई छुट्टयाउन जरुरी भएको भन्दै सञ्चारमन्त्री बाँस्कोटाले भने ,–‘सञ्चारमाध्यमलाई नीतिगत व्यवस्थापन गर्न चुनौती देखिएको छ,त्यसमा सरकार गंभीर छ ।’
उनले प्रेस जगतलाई विश्सनीयता , व्यवसायिक र देश तथा समाजप्रति थप उत्तरदायित्व बहन गर्न सके देशले छिट्टै फड्को मार्ने बिश्वास समेत व्यक्त गरे ।
उनले भने ,–‘ अवको सञ्चारमाध्यमले समाजको साझा भावना,मर्मलाई पनि जवाफदेहिता बहन गर्नुपर्छ ।’
सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री बाँस्कोटाले सञ्चारमाध्यमका सवैखाले समस्या,अफ्ठयारा के छन् , समाधान गर्न आवश्यक सुझाव दिनुहोस् ।
पत्रकार मञ्चका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here