जम्बो टोलीसहित प्रधानमन्त्री चीन प्रस्थान

0
207

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्री ली खछियाङको निमन्त्रणामा प्रधानमन्त्री ओली निजी क्षेत्रको हिमालयन एयरलाइन्सको विमानबाट चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन् । भ्रमणमा प्रधानमन्त्री पत्नी राधिका शाक्यसहित मन्त्री, निजी खर्चमा जाने व्यवसायी र पत्रकारसमेत गरी एक सय १९ सदस्यीय टोली समावेश छन् ।

चिनियाँ समयअनुसार सवा ५ बजे प्रधानमन्त्री ओली बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । त्यहाँबाट हिल्टन ग्रुपको डबल ट्री होटेल पुग्नेछन जहाँ नेपाली राजदूत लीलामणि पौड्यालले रात्रिभोजसहित स्वागत समारोह आयोजना गर्दै छन् । साँझ ६ बजेदेखि ८ः३० सम्म प्रधानमन्त्री त्यहाँ रहनेछन ।

कार्यक्रममा नेपालका लागि पूर्वचिनियाँ राजदूत, चीनका नेपाल मामिलाविज्ञ, व्यवसायी, पत्रकारलाई निमन्त्रणा गरिएको छ । प्रधानमन्त्रीलाई चीन सरकारले साँझ दियाउथाई स्टेट गेस्ट हाउसमा बस्ने प्रबन्ध मिलाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here