इटहरीमा मल्टिप्लेक्स सिनेमाहल, जेठ एकमा ओपनिङ

0
296

दमक जेठ २८ / सुनशरीको इटहरीमा मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आउने भएको छ । इटहरी उप महानगरपालीका वडा नम्बर ४ को आईतबारेमा ३ कठ्ठा जमिनमा निर्माण भएको एलाईट सिनेमा हलमा पर्र्याप्त पार्किङ सहित हल भित्र अध्याधुनिक सुबिधा रहेको सञ्चालक छविराज ओझाले जानकारी दिए ।
सिनेमाकै क्षेत्रमा कृयाशिल छबिराज ओझा, प्रदीप उदय, चैतन्य बराल, कुबेर शर्मा, राजकुमार पोखरेल, दिनेश पोखरेल, बिक्रम पराजुली, नरेन्द्र महर्जन र चिरञ्जिवी बस्नेत गरी ९ जना व्यवसायीको टिमले एलाइट सिनेमा हल नामको मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याउन लागेका हुन् ।
पूर्ण एचडि क्वालीटिमा चलचित्र हेर्न सकिने दुईवटा हल मध्ये एउटामा २०८ सिट क्षमता रहेको छ भने अर्काेमा १४४ सिट क्षमता रहेको छ ।
निर्माण सुरु गरिएको २ बर्ष भित्रमा निर्माण सम्पन्न गरिएको चलचित्र हललाई दर्शकको मन जित्न र पूर्ण सन्तुष्टी दिलाउन ५ करोडको लागतमा बिभिन्न अत्याधुनीक सुबिधाहरु राखिएको सञ्चालक तथा चलचित्र पूर्वाञ्चल वितरक चैतन्य बरालले जानकारी दिए ।
उच्च गुणस्तरीय साउण्ड सिस्टम र भिडियो क्वालिटि सहित ठुूलो पर्दामा फिल्म हेर्न पाईने यी हलहरुमा फोल्डिङ सिस्टम भएको आरामदायी सिट राखिएका छन् । यस्तै दर्शकको सिनेमा हेर्ने लगाबलाई ध्यानमा राखेर अन्य सिनेमा हलहरुमा भन्दा सस्तो टिकट दर पनि राखिएको बरालले बताए । बार अनुसारको टिकट दरको सिस्टमलाई हटाएर नेपाली फिल्मको लागि २०० र अन्य फिल्मको लागि ३०० टिकट दर राखिएको छ ।
आगामी असार १ गते देखि व्यवसायिक रुपमा सञ्चालन गरिने सिनेमा हलमा अहिले दैनिक रुपमा बिभिन्न क्षेत्रका सामाजिक र व्यवासायिक अगुवाहरुलाई चलचित्र देखाईंदै गरेको सञ्चालक ओझाले बताए । अहिले सम्म चलचित्र हेरेका दर्शकहरुले पूर्व क्षेत्रमै उच्च स्तरको हल भएको प्रतिक्रिया दिएको सञ्चालकहरु बताउछन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here