दमक टेक्निकल एजुकेशनको वार्षिक उत्सवमा ब्याक्तित्व सम्मान

0
422

दमक/ दमक नगरपालिका वडा नम्बर ९ मा रहेको दमक टेक्निकल एजुकेशन फाउण्डेसनले बिभिन्न कार्यक्रम गरी आफ्नो १० औं बार्षिक उत्सव मनाएको छ ।

फाउण्डेसनका अध्यक्ष जगत बोहराको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा फाउण्डेसनका सचिव राजेन्द्र भट्टराईले संस्थाले गरेको कामको बारेमा जानकारी गराए । बार्षिक उत्सवको अवसरमा दमकमा शैक्षिक, सांस्कृतिक र राजनीतिक अगुवा तीन जनालाई सम्मान समेत गरिएको छ ।
दमकमा लामो समय अध्यापन पेशामा संलग्न दमकका हेडसर भनेर चिनिएका छविलाल सिटौला, यसक्षेत्रका राजनीतिक अगुवा पूर्णानन्द शर्मा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित लोक गायक एल.पि. जोशीलाई सम्मान गरिएको हो । प्रमुख अतिथि प्रदेशसभा सदस्य राईले सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।


यसैगरि दमक टेक्निकल एजुकेशन फाउण्डेसनको बिभिन्न संकायमा उत्कृष्ठ विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा फाउण्डेसनमा अध्ययनरत बिद्यार्थिहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here