धर्मगुरु आफैँले गोली हान्न लगाएको खुलासा

0
429

विराटनगर/ गत चैत २५ गते बिहानको राति धर्मगुरु श्रीनिवासाचार्यमाथि भएको गोली प्रहारको घटना आफ्नै योजनामा भएको खुलासा भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी श्रीनिवास आचार्यले गोली हान्न सिकाएर गोली हाल्न संलग्न माधव चौधरी, लक्ष्मीराज अधिकारीलाई पक्राउ परेका छन् भने श्रीनिवास आचार्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
आचार्य उपचारपछि काठमाडौं गएका थिए। उनलाई प्रहरीले भारत जाने तयारी गर्दै गर्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आसपासबाट पक्राउ गरेको जनाएको छ । विराटनगर–१४ स्थितमा जतुवामा रहेको श्री राम जानकी मन्दिरको परिसरमा लाग्ने श्रीमद् भागवत सप्ताह पुराणको लागि वाचन गर्न श्रीनिवासाचार्य चैत २४ गते उक्त स्थानमा आएका थिए । गोली प्रहार भएको घटनाको छानबिन तथा अनुसन्धानको लागि गठित विशेष प्रहरी अनुसन्धान टोली, १ नं. प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी ईकाई कार्यालय धरान तथा जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान गरी तथ्य सार्वजनिक गरेको हो ।
प्रहरीलाई पक्राउ परेका चितवन भरतपुर महानगरपालिका–४ का २९ वर्षीय माधव चौधरी र नवलपरासी गैंडाकोट–५ बस्ने ३२ वर्षीय लक्ष्मी राज अधिकारीले श्रीनिवासाचार्यले भनेकै आधारमा गोली प्रहार गरेको बयान दिएको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए । ‘माधव चौधरीले मलाई गुरू श्री निवास आचार्यले गोली हान्न सिकाई धर्म र देशको लागि केहि गर्नुपर्छ भनी निजले नै उक्साई गोलीसहितको पेस्तोल दिई हान्न लगाएको भनी बताएका छन्,

’ एसपी बिसीले भने, ‘श्रीनिवास आचार्यले आफूमाथि गोली प्रहार गर्न नवलपरासी गैंडाकोट ५ का लक्ष्मी राज अधिकारीबाट पेस्तोल मगाएको पाइएको छ ।’ हिन्दू राज्य कायम गर्नको लागि विभिन्न चरणमा भएको आन्दोलनले सार्थक रूप नलिएपछि जनता र धर्म गुरूलाई उक्साउनको लागि गुरू श्री निवास आचार्यले आफ्ना विश्वास पात्र लक्ष्मीराज अधिकारीलाई गोली हान्ने प्रशिक्षणसमेत दिएको प्रहरीको दाबी छ ।

पक्राउ परेका माधब चौधरी र सन्तोष भन्ने लक्ष्मी राज अधिकारीलाई वैशाख २० गतेदेखि लागू हुने गरी मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here