एकता हुँदैन भन्ने दिनमा ड्याम्मै हुन्छ : दाहाल

0
242

काठमाडौँ/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता प्रक्रिया अन्तिम विन्दुमा पुगेको बताएका छन् ।

पार्टी एकता संयोजन समितिले आइतबार नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। उनले अब छिटै नयाँ केन्द्रीय कमिटी बनाउने समेत बताए।

वैचारिक, राजनीतिक, सांगठनिकलगायत विषय निष्कर्षतिर पुर्‍याइसकेको भन्दै दाहालले एकता प्रक्रिया नबिग्रिएको दाबी गरे। उनले सम्ममानजनक ढंगले एकता गर्नुपर्नेमा जोड दिए। ‘कसैलाई ह्युमिलेट गर्ने ढंगले होइन कि समानता, सम्मानजनक र न्यायोचित ढंगले एकता हुनुपर्छ’ अध्यक्ष दाहालले भने।

वैशाख ९ गते नै पार्टी एकता गर्ने कार्यदलले प्रस्ताव गरेको उल्लेख गर्दै उनले आफूहरुले निर्णय गरिनसकेको बताए। ‘वैशाख ९ गते एकता भनेर मिडियाले हल्ला गरे, कार्यदलले प्रस्ताव गरेको हो। हामीले निर्णय गरेका थिएनौं’ उनले भने, ‘हल्ला भएपछि त्यो दिन हुँदैन भन्ने बुझ्नुपर्छ। जुन दिन हुँदैन भनिन्छ, त्यो दिन ड्याम्मै हुन्छ।’

लामो समयदेखि कम्युनिष्ट केन्द्र निर्माणको लागि एकताको छलफल र बहस चलेको उल्लेख गर्दै दाहालले बल्ल निष्कर्षमा पुग्न लागेको बताए। आफूहरु राष्ट्रको विकास र नेतृत्व गर्ने गरी शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने दिशामा रहेको दाहालको भनाइ थियो। ‘शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउने हो।

दुई पार्टीमात्रै मिल्ने होइन, राष्ट्रिय एकता, समृद्धिको लागि हामी एक भएर अगाडि बढ्छौं।’ हतारमा पार्टी एकता गरेर पश्चताप गर्ने पक्षमा आफूहरु नरहेको उनले बताए। दाहालले एकताबाट दायाँबायाँ गर्ने छुट एमाले र माओवादीलाई नभएको भनाइ दोहोर्‍याएका छन्।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here