आफ्नो अडानमा स्थिर रहन प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्रीहरुको सुझाव

0
177

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण सद्ध्भावना भ्रमण भएको बताएका छन् । पूर्वप्रधानमन्त्रीहरुसँग बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण देशको हितका लागि हुने बताए । ‘यसपालीको भ्रमणमा कुनै सन्धी समझौता हुदैनन् ।

देशको अहितमा कुनै काम गरिदैन । विगतका सन्धी सम्झौता कार्यन्वयनमा जोड दिइने छ, ‘प्रधानमन्त्री ओलीले भने, ‘यस भ्रमणले दुई देश बीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’ छलफलमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीको उपस्थिती थियो । पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिए ।

नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउन पहल गर्नु पर्ने उनीहरुको सुझाव थियो । पुरानो मानसिकता राखेर २१औं सताब्दीको सम्बन्ध विकाश गर्न नसकिनेमा पूर्वप्रधानमन्त्रीहरुले जोड दिएका छन् । पूर्वप्रधानमन्त्री नेपालले आफ्नो अडानमा स्थिर रहन प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

उनले नेपाल–भारत सम्बन्ध भाइ–भाइको नभइ मित्र–मित्र जस्तो हुनु पर्ने बताए । पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान निर्माण र नाकाबन्दीका बेला अप्ठ्यारो भएको नेपाल–भारत सम्बन्ध अहिले सुधार भएको उल्लेख गरे ।

उनले भने, ‘भारतलाई हामीले संविधान कार्यन्वयनमा गइसक्यो, खास समस्या छैन भनेर बुझाउनु पर्छ ।’ पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल अहिले व्यापार घाटामा रहेकोले यसलाई उकास्ने विषयमा छलफल केन्द्रीत गर्नु पर्ने बताए । छलफलमा पराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र नेपाल–भारत प्रवुद्ध व्यक्ति समुहको पनि प्रतिनिधित्व थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here